पूर्वमन्त्री सिंहको निधन « Khabarhub

पूर्वमन्त्री सिंहको निधन


१० श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

राजविराज– पूर्व मन्त्री चतुर्भुजप्रसाद सिहको ८७ वर्षको उमेरमा निधन भएको छ ।

शुक्रवार बिहन ६.३० बजे राजविराज ७ स्थित आफ्नै निवासमा सिंहको निधन भएको हो ।

विक्रम सम्वत १९८९ असोज १ गते जिल्लाको तत्कालिन वसविट्टि गाउँ पञ्चायत वडा नं. १ हालको रुपनी गाउँपालिका वडा नं. ५ मा माता कौशल्यादेवी र पिता स्व. दर्पनारायण सिंहको कोखवाट जन्मिएका सिंह सानै उमेरदेखि राजनीतिमा सकृय भएका थिए ।

२०१५ सालमा नेपाली कांग्रेसवाट राजनीतिमा प्रवेश गरेका सिंह त्यतिवेला ३६ नं. क्षेत्रको नेपाली कांग्रेसको कमिटिको सचिव भएका थिए । २०१७ सालमा राजा महेन्द्रले कु गरेपछि उनी कांग्रेस परित्याग गरी पञ्चायत छिरेका थिए । उनी २०२५ सालदेखि ३२ सालसम्म निर्माण तथा यातायात, उद्योग तथा वाणिज्य, जलविद्युत र सञ्चार मन्त्री भएका थिए ।

२०३२ सालदेखि २०४६ सालसम्म पञ्चायत नीति तथा जाँचवुध समितिका सदस्यको रुपमा समेत सिंहले काम गरेका थिए । उनले सप्तरीको वसविट्टिमा जनता मावि र सिरहाको नहरा रिगोल हालको भगवानपुर गाँपालिका वडा नं.२ मा लक्ष्मी नारायण कौशल्या मावीको स्थापना गराएका थिए ।

उनकी पत्नी तथा डा. रमण सिंह र प्राध्यापक सुमनसिंह सहित ३ छोराछोरी छन् । स्व सिंहको आजै सप्तकोशी ब्यारेजमा दाहसंस्कार गरिएको छ ।

प्रकाशित मिति : १० श्रावण २०७६, शुक्रबार  ४ : ०२ बजे

नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ – बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा

आज २०८३ साल कात्तिक  १ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ