चीनका १५ विमानस्थल नेपाली जहाजका लागि खुला « Khabarhub

चीनका १५ विमानस्थल नेपाली जहाजका लागि खुला


१० श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चीनले आफ्ना थप ८ विमानस्थल नेपालका लागि खुला गरेको छ । योसँगै चीनले १५ वटा विमानस्थल नेपाली विमानका लागि खुला गरेको हो ।

चीनले यसअघि ७ वटा विमानस्थल नेपालका लागि खुला गरेको थियो ।

चीनको बेइजिङमा बिहीबार र शुक्रबार भएको द्विपक्षीय वार्तापछि सम्झौता पुनरावलोकन भएको हो । नेपालको तर्फबाट संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव शुरेश आचार्यको नेतृत्वमा गएको टोलीले सम्झौता पुनरावलोकनमा हस्ताक्षर गरेको हो ।

संझौता पुनरावलोकन दुबै देशका वायुसेवा कम्पनीले सातामा ७० उडान गर्न पाउने प्रावधानलाई लम्ब्याएर ९८ पु¥याइएको छ ।

तर बढेको २८ उडान चिनियाँ जहाजले काठमाडौंमा उडान थप्न पाउने छैनन् । यो उडान निर्माणाधिन भैरहवास्थित गौतमबुद्ध र पोखरा विमानस्थलका लागि हो ।

थपिएको फ्रक्वेन्सी काठमाडौं बाहिरका विमानस्थलमा लागू हुनेगरी सम्झौता गरिएको नेपाली प्रतिनिधि मण्डलका सदस्य संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपालले जानकारी दिए ।

द्धिपक्षीय वार्ताका क्रममा चीनले नेपाली कम्पनीलाई यथाशक्य उडान बिस्तारमा सहजिकरणको प्रतिवद्धतासमेत व्यक्त गरेको छ ।

प्रकाशित मिति : १० श्रावण २०७६, शुक्रबार  ४ : २० बजे

दीपक-दीपाले आज छान्ने छन् करदाता उपहारका भाग्यशाली विजेता, १७ जनाले नगद पुरस्कार पाउने

काठमाडाैँ – आन्तरिक राजस्व विभागले सञ्चालन गरिरहेको ‘करदाता प्रोत्साहन उपहार

सुनकोशीमा जिप खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता र चार घाइते

काठमाडौँ– सिन्धुलीको फिक्कल–६ नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १

ला लिगा: फराकिलो जितमा बार्सिलोनाका लागि लामिनसहित पाँच खेलाडीले गरे गोल

काठमाडाैँ – स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको रोमाञ्चक खेलमा

कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण

म्याग्दी – कालीगण्डकी बाढी र कटानका कारण क्षतिग्रस्त बनेको २२०

रुसमाथिको प्रतिबन्ध रोक्ने ट्रम्पको निर्णयप्रति युक्रेनको आपत्ति, अमेरिकी सांसदले गरे आलोचना

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका युक्रेनी समकक्षी भोलोडिमिर