वीरगंजमा ६ ट्रक गाईगोरु नियन्त्रणमा लिइयो « Khabarhub

वीरगंजमा ६ ट्रक गाईगोरु नियन्त्रणमा लिइयो


१० श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्सा- पूर्वको काँकरभिट्टातर्फ लगिरहेको अवस्थामा पथलैया प्रहरीले ६ ट्रक गाईगोरु नियन्त्रणमा लिइ पशु क्वारेन्टाइन चेक पोष्टमा बुझाएको छ ।

गाईगोरु बोकेका ना ७ ख ३४०, ना ७ ख ३२३९, लु १ ख ९८९५, ना ६ ख ६६४१, ना ७ ख ९१४३ र अर्को एक गरी छ ठूला ट्रकमा ४३ गोरु र १३६ गाई पूर्वतर्फ लगिरहेका बेला बिहीबार राति पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाराको पथलैयामा जाँचका क्रममा नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक गोविन्द पुरीले बताए ।

पक्राउ परेका ट्रकसहित गाईगोरु क्वारेन्टाइन चेक पोष्ट पथलैयालाई बुझाएपछि चेकपोष्टले पशुसेवा ऐन २०५५ र पशु ढुवानी मापदण्डविपरीत भएको भनि रु दुई लाख ५० हजार जरिवाना गरी छाडिएको प्रहरीचौकी पथलैयाले जनाएको छ ।

गाईगोरु चितवन सप्लायर्सले पश्चिम नेपालका विभिन्न ठाउँबाट सङ्कलन गरी काँकडभिट्टा नाका हुँदै भारतको बाटोबाट बङ्गलादेशतर्फ लान खोजेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : १० श्रावण २०७६, शुक्रबार  ६ : २० बजे

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

नारायणगढ (चितवन)- चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, सात घाइते

नवलपुर (नवलपरासी)- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–६ माझटोलस्थित भित्री सडकखण्डमा अटो

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौं- देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र