यूवाहरुको करियरप्रति सचेत गराउन अन्तरक्रिया « Khabarhub

यूवाहरुको करियरप्रति सचेत गराउन अन्तरक्रिया


१० श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सुरक्षित भविष्यको लागि यूवाले चाल्नुपर्ने उचित कदमलाई शिक्षा प्रदायक संस्था प्लाटाेनिक एजुकेशन सर्भिसले शुक्रबार राजधानीमा करिअर टक कार्यक्रमको आयोजना गरेको छ ।

कार्यक्रममा व्यबस्थापन संकायमा +2 सकेका विद्यार्थीलाई लक्षित गर्दै कार्यक्रमको आयोजना गरिएको हो । करियरसँग सम्बन्धित रहेर बैंक तथा वित्तिय संस्था, पर्यटन, सूचना तथा संचार प्रविधि (IT) का साथै प्रेरणात्मक तथा आत्मविश्वास कसरी मजवुद बनाउँदै अघि धढ्ने भन्ने विषयमा कार्यक्रमका वक्ताहरुले भनाइ राखेका थिए ।

कार्यक्रममा ज्याेति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (CEO) मनाेज ज्ञावलीले व्यवस्थापन संकायका विभिन्न क्षेत्रकाे जानकारी दिनुका साथै आत्मविस्वास र मेहनत गरेकाे खण्डमा उद्देश्य प्राप्त गर्न सकिने दृष्टान्त प्रस्तुत गरेका थिए ।

यस्तै नेपाल टुरिजम बाेर्डका बरिष्ठ व्यबस्थापक सुनिल शर्माले टुरिजममा भविष्य खाेज्न चाहने यूवाका लागि प्रशस्त अवसर रहेकाे बताए । नेपालकाे सकरात्मक पक्षलाई आत्मसाथ गरी सामाजिक सञ्जालमा सकृय रहेर नेपाललाई विश्वसामु चिनाउन सम्पूर्ण यूवाहरुलाई उत्प्रेरित गरे ।

कार्यक्रममा यूवा हास्य कलाकार सुजन जिम्वा, नेपाली जादुगर महादेव त्रिपाठीका साथै विभिन्न यूवा कलाकारहरुकाे उत्कृष्ट प्रस्तुति रहेकाे थियाे ।

राजधानीका विभिन्न कलेज साथै संघ संस्थाकाे सहभागितामा आयाेजित कार्यक्रममा प्लाटाेनिक एजुकेशनका प्रबन्ध निर्देशक (CEO) अजय महतले साे कार्यक्रम यूवाहरुले आफ्नाे भविष्य निर्धारण गर्न र सकारात्मक साेचका साथ अगाडि बढ्न प्रभावभारी रहेकाे बताए ।

कार्यक्रममा व्यवस्थापन संकायमा +2 सकेका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : १० श्रावण २०७६, शुक्रबार  ८ : ०९ बजे

चीन-म्यान्मा सम्बन्धमा नयाँ कूटनीतिक पहल

एजेन्सी– व्यापार तथा रणनीतिक सम्बन्धलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित म्यान्माका राष्ट्रपति

कार्यदलको सुझावअनुसार पार्टी पुनर्गठन हुन्छ : महासचिव पोखरेल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले पार्टी

रास्वपा महाधिवेशन : सात हजार बढी कुर्सी अट्ने बाँसको ‘डोम’ बनाइँदै

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन तयारीका

अल्पकालीन लोकप्रियताभन्दा दीर्घकालीन आर्थिक सुधारमा केन्द्रित छ बजेट : अर्थमन्त्री

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट अल्पकालीन