प्रधानसेनापति र ‘रअ’ प्रमुखको भेट बारे सेना बोल्यो-यो झुटो हो « Khabarhub

प्रधानसेनापति र ‘रअ’ प्रमुखको भेट बारे सेना बोल्यो-यो झुटो हो


१० श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतीय गुप्तचर एजेन्सी ‘रअ’का प्रमुखसँग प्रधानसेनापतिले भेटका विषयमा नेपाली सेनाले आफ्नो धारणा सार्वजनिक गरेको छ ।

नेपाली सेनाले प्रधानसेनापति पूर्णचन्द्र थापा र भारतीय गुप्तचर एजेन्सी ‘रअ’का प्रमुख सामन्त गोयलबीच भेटवार्ता नभएको दाबी गरेको हो । सेनाले शुक्रबार विज्ञप्ति जारी गरी प्रधानसेनापतिसँग गोयलको भेट नभएको बरु त्यस्ता ‘समाचारहरु सरासर झुटो, मनगढन्ते एवं सुनियोजित भएको’ बताएको हो।

सेनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपाली सेनाको छवीमै आँच पुर्याउन सक्ने तथा आमजनमानसमा सेना प्रतिको आस्था तथा विश्वारसमा समेत ठेस पुग्न सक्ने यस प्रकारको संवेदनशील विषयमा समेत यस संस्थाको आधिकारिक निकायसँग सूचनाको विश्वमसनीयता प्रमाणित नगराई सस्तो लोकप्रियताको लागि कपोलकल्पित समाचार सम्प्रेषण भएको देखिन्छ ।’

राष्ट्रकै संवेदनशील संस्थाको तेजोवध गर्नकै लागि गलत नियतसहित समाचार प्रकाशित भएको सेनाको दाबी छ ।

‘आमजनमानसमा गलत सन्देश जाने तथा दिग्भ्रमित पार्ने पूर्वाग्रही सामग्रीहरुले आगामी दिनहरुमा स्थान पाउँदै जाने हो भने यस प्रकारका कार्यले राष्ट्र प्रति समर्पित समग्र नेपाली मिडिया जगतको बिश्‍वसनियतामा ह्रास आउन सक्ने तर्फ ध्यानाकर्षण गराउँदै भविष्यमा सत्य तथ्यमा आधारित समाचारहरु संप्रेषण हुने विश्वासस व्यक्त गर्दै उल्लेखित विषयको संवेदनशीलता प्रति पुनः एकपटक गम्भीर ध्यानाकर्षण गराउदै आधारहिन समाचारबाट भ्रममा नपर्न नेपाली सेना सम्पूर्ण पाठक वर्गमा समेत हार्दिक अनुरोध गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।

केही दिन अघि काठमाडौँ आएका गोयलले प्रधानमन्त्री केपी शर्मा ओलीदेखि पूर्वराजा ज्ञानेन्द्र शाह, प्रधानसेनापति थापासँग भेट गरेको समाचार बाहिरिएका थिए।

प्रकाशित मिति : १० श्रावण २०७६, शुक्रबार  १० : ०० बजे

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन

एनपीएलमा श्रीलंकन कप्तान चरिथ असलंकाले विराटनगरबाट खेल्ने

काठमाडौं । विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो

कृष्णभीरको सडक खुलेपछि तुइनखोलामा पनि सञ्चालन

नारायणगढ – पृथ्वी राजमार्गअन्तर्गतको कृष्णभीरमा गएको पहिरोपछि खोलिएको नयाँ ट्र्याकबाट

भोटेकोशी बाढी : ३६ देशका ६०६ विदेशी पर्यटक अझै बेपत्ता

काठमाडौं – भोटेकोशीे बाढीमा परेर ३६ देशका ६०६ विदेशी पर्यटक

चितवनमा दुई महिनामा ९२ जना डेङ्गु सङ्क्रमित

चितवन – जिल्लाका अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये ९२ जनामा