ग्रिजमन चम्किएपछि बार्सिलोनाको शानदार जित « Khabarhub

ग्रिजमन चम्किएपछि बार्सिलोनाको शानदार जित


९ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ– स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा बार्सिलोनाले शानदार जित हात पारेको छ ।

साविक विजेता बार्सिलोनाले रियल बेटिसमाथि ५–२ को प्रभावशाली जित हात पारेको हो । यो सिजनको पहिलो खेलमा नै स्तब्ध भएको बार्सिलोनाले बेटिसविरुद्ध उत्कृष्ट फुटबल खेल्न सफल भयो ।

उसको जितमा एन्टोइन ग्रिजमनले दुई गोल गरे । घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा बार्सिलोनाले रियल बेटिसको एक गोलको अग्रतालाई एल्ट्याउदै पाँच गोल गरेको थियो । खेलको १५ औं मिनेटमा फिकिरको गोलमा बेटिसले अग्रता बनाएको थियो ।

तर ४१ औं मिनेटमा ग्रिजमनले गोल गर्दै बार्सिलोनालाई बराबरीमा पुर्‍याए । यसै सिजन बार्सिलोनामा आएका उनले घरेलु मैदानमा डेब्यू खेलमा नै आफ्नो उत्कृष्ट खेल देखाउन सफल भए ।

त्यसपछि ५० औं मिनेटमा फेरि सेर्गि रोबर्टोको पासमा ग्रिजमनले नै गोल गर्दै टिमलाई दुई एकको अवस्थामा पुर्‍याए । ५६ औं मिनेटमा काल्र्स परेजले गोल गरे भने ६० औं मिनेटमा जोर्डी अलावाले बार्साका लागि चौथो गोल गरे । यस्तै ७७ औं मिनेटमा अर्टुरो भिडालले ग्रिजमनको पासमा बार्सिलोनालाई पाँच एकले अगाडि राखे ।

७९ औं मिनेट बेटिसका लागि लोरेन मोरोनाले एक गोल फर्काए पनि त्यसपछि अरु गोल हुन सकेन र बार्सिलोना पहिलो तीन अंक जोड्न सफल भयो । उसको अंक तालिकामा दुई खेलमा तीन अंक भएको छ ।

प्रकाशित मिति : ९ भाद्र २०७६, सोमबार  ७ : ११ बजे

जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन् : मन्त्री घिसिङ

भजनी– ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात,

‘एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक’

काठमाडौं– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री कुमार इङ्नामले गैरआवासीय

मुलुक निर्वाचनमा होमिइसकेको छ : मन्त्री खरेल

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१

एनएमबि बैंकले ल्यायो अनलाइन कर्जा ट्र्याकिङ सुविधा, ग्राहकले आफ्नो आवेदनको ट्र्याक गर्न सक्ने

काठमाडौं– एनएमबि बैंकले ग्राहकका लागि एक महत्त्वपूर्ण डिजिटल सुविधाको सुरुवात गरेको

भृकुटीमण्डपमा एमाले चुनावको रन्को: मतदान बेलुका ७ बजेदेखि

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) को एघारौँ राष्ट्रिय महाधिवेशनको