काठमाडौं- सरकराले खसीबोकाको आयातमा रोकलगाएसँगै बजारमा मूल्य आकासिएको छ।
यससँगै नजिकिँदो दसैंमा पनि महँगी बढ्ने देखिएको छ। पशु बधशाला तथा मासु जाँच ऐनलाई कडाइका साथ कार्यान्वयन गरी मापदण्ड नपुगेका खसीबोकाको आयात बन्द गरेपछि त्यसको प्रत्यक्ष असर स्थानीय बजारमा पर्न गएको हो।
आयातमा रोक लगाएसँगै पछिल्लो एक महिनामा जिउँदो खसीको मूल्य प्रतिकिलो २ सय रुपैयाँ बढेको छ। प्रतिकिलो ५ सय रुपैयाँ रहेको जिउँदो खसीको मूल्य बढेर ७ सय रुपैयाँसम्म पुगेको छ।
स्वदेशमा पर्याप्त खसीबोका नपाउँदा आयात नियन्त्रणले बजारमा अस्वाभाविक रूपमा मूल्य बढेको छ र यसको असर आम उपभोक्तामा पर्न गएको छ। कारोबारबाट ।













प्रतिक्रिया