सिंगापुरमा प्रधानमन्त्री ओलीको उपचार अझै १० दिन हुनसक्छ– प्रधानमन्त्रीका निजी चिकित्सक « Khabarhub

सिंगापुरमा प्रधानमन्त्री ओलीको उपचार अझै १० दिन हुनसक्छ– प्रधानमन्त्रीका निजी चिकित्सक


९ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीको ‘प्लाज्मा फेरेसिस’ प्रक्रियाद्वारा सिङ्गापुरस्थित नेसनल युनिभर्सिटी हस्पिटलमा उपचार भइरहेको छ ।

स्वास्थ्य परीक्षण तथा उपचारका लागि गत विहीबार सिंगापुर गएका प्रधानमन्त्री ओलीको शुक्रबारबाटै उपचार थालिएको हो । प्रधानमन्त्री ओलीका साथ सिंगापुर गएका निजी चिकित्सक डा दिव्या सिंह शाहले उनको स्वास्थ अवस्था सामान्य रहेको जानकारी दिएका छन् ।

‘प्रधानमन्त्री ओलीको मिर्गौलामा ‘एन्टीबडी’को मात्रा बढेकाले प्लाज्मा फेरेसिस प्रक्रियाद्वारा शुक्रबारबाटै उपचार सुरु थालिएको छ । हाल उहाँका स्वास्थ्य अवस्था सामान्य रहेको छ ।”,उनले भने ।

उनले प्रधानमन्त्री ओलीको उपचार अझै १० दिनसम्म हुनसक्ने जानकारी दिएका छन् ।  प्रधानमन्त्री ओलीको उपचार सिङ्गापुरको नेसनल युनिभर्सिटी अस्पतालमा भइरहेको छ ।

यसअघि उनी गत साउन १८ गते सिङ्गापुरको सोही अस्पतालमा उपचार गराइ सुधार भएपछि साउन २७ गते स्वदेश फर्किएका थिए । केही दिनअघि रगतमा एण्टीवडीको मात्रा बढी देखिएपछि प्रधानमन्त्री मिर्गौलाको क्षमता अभिवृद्घिका लागि पुनः सिङ्गापुर गएका हुन् ।

प्रधानमन्त्रीको साथमा उनकी धर्मपत्नी राधिका शाक्य, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, निजी चिकित्सक डा शाह, स्वकीय सचिव राजेश बज्राचार्यलगायत छन् ।

प्रकाशित मिति : ९ भाद्र २०७६, सोमबार  ८ : ०३ बजे

आगामी बुधबार काठमाडौँ महोत्सव हुँदै

काठमाडौं– नेपाल उद्योग वाणिज्य सङ्घले यही माघ १४ देखि १७

प्रतिनिधिसभा सदस्य निर्वाचन : संयुक्त निर्वाचन सञ्चालन केन्द्र स्थापना

‍काठमाडौं– निर्वाचन आयोगले संयुक्त निर्वाचन सञ्चालन केन्द्र स्थापना गरेको छ

श्रीकृष्ण बेभरेजको पिउने पानीमा भेटियो एमोनिया 

काठमाडौं– काठमाडौं उपत्यकामा वितरण हुँदै आएको जारको पिउने पानीमा  मानव स्वास्थ्यका

सर्वोच्चको कारण देखाउ आदेशसँगै रेशम चौधरीले चुनाव लड्न नपाउने

काठमाडौं- नागरिक उन्मुक्ति पार्टी, नेपालका संरक्षक रेशमलाल चौधरीले फागुन २१

रास्वपा बारा ३ का क्षेत्रीय उपसभापति अधिकारी उज्यालो नेपाल पार्टीमा प्रवेश

सिमरा- बारा क्षेत्र नं. ३ स्थित राष्ट्रिय स्वतन्त्र पार्टीका क्षेत्रीय