पीएसजीको जितमा मोटिङको दुई गोल « Khabarhub

पीएसजीको जितमा मोटिङको दुई गोल


९ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रान्सेली लिग वानमा सहज जित निकालेको छ ।

आईतबार राति भएको खेलमा स्टार खेलाडीबिनानै मैदान उत्रिएको पीएसजीले टुलुजलाई ४–० गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा पीएसजीलाई जित दिलाउन चौपो मोटिङले दुई गोल गरे । मार्किन्होसले एक गोल गरे । पीएजीका लागि खेलको ५० औँ मिनेटमा मोटिङले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

खेलको ५५ औँ मिनेटमा गोन्साल्वेसको आत्मघाति गोलबाट पीएसजीले २–० गोलको अग्रता बनाएको थियो । त्यस्तै खेलको ७५ औँ मिनेटमा मोटिङले व्यक्तिगत दोस्रो गोल गर्दै घरेलु टोलीको अग्रता ३–० बनाए । निकैनै रोमाञ्चक खेलमा मार्किन्होसले ८३ औँ मिनेटमा गोल गर्दै घरेलु टोलीलाई ४–० को फराकिलो जित दिलाए ।

जितसँगै पीएसजी तीन खेलबाट ६ अंक जोडेको छ । पीएसजी तालिकाको तेस्रो स्थानमा छ । टुलुज तीन खेलबाट ४ अंकसहित तालिकाको १२ औ स्थानमा छ ।

प्रकाशित मिति : ९ भाद्र २०७६, सोमबार  ८ : २६ बजे

इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ : ट्रम्प

वाशिङ्टन- डोनाल्ड ट्रम्पले शुक्रबार संयुक्त राज्य अमेरिका इरानमाथि जारी सैन्य

निफले सक्यो प्रि-इभेन्टका कार्यक्रम

काठमाडौं – नवौँ संस्करणको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं- जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै युवाहरूले शनिबार

निर्वाचनमा बालअधिकार उल्लङ्घन : अध्ययनले देखायो ३५० घटना

काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ मा बालअधिकारसम्बन्धी निर्वाचन आचारसंहिता कार्यान्वयन

केरलामा बर्ड फ्लूको प्रकोप : हजारौँ चरा नष्ट गर्ने निर्णय

एजेन्सी– भारतको दक्षिणी राज्य केरलामा बर्ड फ्लू (एभियन इन्फ्लुएन्जा) फैलिएको