कस्तो रहन्छ बुधबारसम्मको मौसम ? | Khabarhub Khabarhub

कस्तो रहन्छ बुधबारसम्मको मौसम ?


९ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मनसुनी न्यून चापीय रेखा औसत स्थान भन्दा केहि दक्षिण तर्फ सरेको छ। साथै भारतको मध्य प्रदेशको उत्तरी भाग तथा आसपासका क्षेत्रमा एउटा न्यून चापीय प्रणाली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशभर समग्र मौसमको अवस्था

हाल देशका पश्चिमी भू-भागका आन्शिक देखि सामान्य बदली रहेको छ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

भाद्र ९ गते (सोमबार)

दिउँसो: देशभरी आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना छ। देशको पश्चिमी भू-भागका एक/दुईस्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

राती: देशभरी सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना छ| पश्चिमी भू-भागका एक/ दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

भाद्र १० गते (मंगलबार)

दिउँसो: देशभरी आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन रचट्टयांग सहित वर्षा हुनेछ।पश्चिमी भू-भागका एक/दुई स्थानमा भारी वर्षाकोसम्भावना रहेको छ ।

राती: देशभरी आंशिक देखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जन रचट्टयांग सहितहल्का देखि मध्यमवर्षा हुनेछ ।

भाद्र ११ गते (बुधबार)

दिउँसो: देशभरी आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन रचट्टयांग सहित सहितहल्का देखि मध्यम वर्षा हुनेछ ।

राती: देशभरी आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन रचट्टयांग सहितहल्का देखि मध्यमवर्षा हुनेछ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

देशभरी सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्टयांग सहित वर्षा हुने सम्भावना रहेकोले मेघगर्जन/चट्याङ्गबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध छ। देशको पश्चिमी भू-भागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ। यी स्थानमा यात्रा गर्नुहुने सर्वसाधारणलाई सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित मिति : ९ भाद्र २०७६, सोमबार  ९ : १५ बजे

वातावरणीय महत्वबारे विश्वको ध्यानाकर्षण गराउन सगरमाथा संवाद आयोजना : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका हिमाल र पहाडका

‘के घर के डेराः घर नं २’को गीत सार्वजनिक (भिडियो)

काठमाडौं – चलचित्र ‘के घर के डेराः घर नं २’को

काठमाडौंबाट चोरी भएको माइक्रोबस धादिङमा भेटियो

काठमाडौं – पार्किङमा राखेको अवस्थामा काठमाडौँबाट माइक्रोबस चोरी भएको छ

पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ

‘विपद् व्यवस्थापनमा तीनै तहको उत्तिकै दायित्व’

काठमाडौं – नेपालमा मनसुन भित्रिने सङ्घारमा रहेका बेला राष्ट्रिय विपद्