प्रचण्डको अध्यक्षतामा नेकपाको बैठक « Khabarhub

प्रचण्डको अध्यक्षतामा नेकपाको बैठक


९ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को सचिवालय वैठक शुरु भएको छ ।

सोमबार विहान ११ बजेपछि पार्टी कार्यालय धुम्बाराहीमा शुरु भएको बैठकको अध्यक्षता पुष्पकमल दाहाल‘प्रचण्ड’ ले गरेका छन् ।

अर्का अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएपछि उपचारका लागि सिंगापुर गएको समयमा प्रचण्डले सचिवालय बैठक बोलाएका हुन् ।

यसअघि अध्यक्ष केपी ओलीले बैठक आह्वान गर्ने र अध्यक्षता गर्ने गरेकोमा सचिवालयले ओलीको अनुपस्थितिमा प्रचण्डले बैठक बोलाउन सक्ने र पार्टी एकताको बाँकी काम टुंग्याउने जिम्मेवारी दिएको थियो ।

तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएको १५ महिना भन्दा लामो समयमा प्रचण्डले पार्टी बैठकको अध्यक्षता गरेको पहिलो पटक हो ।

आजको बैठकमा बैठकमा पाँच वटा महानगर कमिटी, पाँच वटा केन्द्रीय निकायको नेतृत्व तथा सात वटा प्रवास क्षेत्रको नेतृत्व चयन गर्ने एजेण्डा छन् ।

प्रकाशित मिति : ९ भाद्र २०७६, सोमबार  ११ : ५७ बजे

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस ७ गते सोमबार तदनुसार

आज २०८२ साल पुस ७ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ७ गते सोमबार तदनुसार

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने