‘लिलिबिली’ लफडा: फिल्म निर्माता शाहीमाथि आपराधिक विश्वासघातको मुद्दामा अनुसन्धान « Khabarhub

‘लिलिबिली’ लफडा: फिल्म निर्माता शाहीमाथि आपराधिक विश्वासघातको मुद्दामा अनुसन्धान


९ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौं जिल्ला अदालतले फिल्म निर्माता तथा गोविन्द शाहीलाई थप दुई दिन हिरासतमा राख्न अनुमति दिएको छ । चलचित्र ‘लिलिबिली’ को आम्दानी नदेखाएको भन्दै फिल्मका निर्माता सुदीप खड्काले उनीविरुद्ध प्रहरीमा उजुरी दिएका थिए ।

उजुरीका आधारमा शाहीलाई बुधबार महानगरीय अपराध महाशाखा टेकुले राजधानीको कमलपोखरीबाट पक्राउ गरेको थियो । उनलाई छलफलका लागि पक्राउ गरिए पनि कुरा नमिलेपछि थुनामा राखिएको थियो ।

प्रहरीले उनीमाथि ठगी अन्तर्गत आपराधिक विश्वासघातको मुद्दामा अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी नायव उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए ।

‘उहाँमाथि म्याद थप गरी अनुसन्धान भइरहेको छ,’ उनले खबरहबसँग भने ।

शाहीले चलचित्र ‘लिलिबिली’ बाट प्राप्त आम्दानी लुकाएको भन्दै निर्देशक मिलन चाम्स र निर्माता सुदीप खड्काले आरोप लगाउँदै आएका थिए । गत वर्ष परेको उजुरीका आधारमा प्रहरीले शाहीलाई पक्राउ गरेको हो ।

प्रहरीकहाँ उजुरी परे पनि निर्माता शाहीले भने उल्टो आफू नै घाटामा गएको भन्दै तर्किँदै आइरहेका थिए । शाहीले उक्त फिल्मबाट उल्टो आफूले पाउनुपर्ने दाबी गर्दै आएका छन् ।

अपराध महाशाखा शाहीमाथि थप अनुसन्धानका लागि शुक्रबार महानगरीय प्रहरी परिसर काठमाडौंको जिम्मा लगाएको थियो ।

प्रकाशित मिति : ९ भाद्र २०७६, सोमबार  १२ : ५६ बजे

६ महिनामा बागमती सरकारको पुँजीगत खर्च ८ दशमलव ९९ प्रतिशत मात्र

बागमती– बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष (आव) २०८२–०८३ को

उम्मेदवारको सिफारिसबाट आफ्नो नाम हटाइदिन कांग्रेस नेता खड्काको आग्रह

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. नारायण खड्काले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारको

रास्वपा केन्द्रीय समिति बैठक आइतबारलाई आह्वान

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक आह्वान

निर्वाचन प्रहरीका लागि मागअनुसार निवेदन नपरेपछि समय थपियो

तनहुँ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

पर्वतमा ७३ जना ज्येष्ठ नागरिकले पाए आँखाको ज्योति

पर्वत– पर्वतको कुश्मामा सञ्चालित निःशुल्क आँखा परीक्षण शिविरमा ५७४ जनाको