सांसदको आरोप– एम्बुलेन्स चलाउने ड्राइभर निजी अस्पतालका एजेन्ट ! « Khabarhub

सांसदको आरोप– एम्बुलेन्स चलाउने ड्राइभर निजी अस्पतालका एजेन्ट !


९ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधि सभाका सांसद नवराज सिलवालले स्वास्थ्य क्षेत्रलाई व्यापारिकरण गरिँदा सर्वसाधारण जनता मारमा परेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

निजी अस्पतालहरुले नाफा कमाउन गरीने अस्वस्थ प्रतिस्पर्धाले जनता मारमा परेको सांसद सिलवालको भनाइ छ ।

उनले बिरामीलाई अस्पताल पठाउने एम्बुलेन्स चालकहरु निजी अस्पतालको एजेन्ट बनेको अरोप समेत लगाए । सरकारी अस्पतालकाे आकस्मिक सेवा कक्षमा बिरामीलाई निजी अस्पताल पठाउने एजेन्टहरु सक्रिय रहेको सांसद सिलवालको अरोप छ ।

‘निजी अस्पतालहरुले बिरामी पुर्‍याउने एम्बुलेन्सवालाहरुलाई पैसा दिने गर्छन् । जुन अस्पतालले बढी पैसा दियो त्यहि बिरामी पुर्‍याउने चलन देखिन्छ,’ सांसद सिलवालले भने, ‘सरकारी अस्पतालका इमर्जेन्सीमा प्राइभेट अस्पतालका एजेन्ट बसेर यहाँ आइसियु खाली छैन भन्दै यो  अस्पतालमा लैजानु भन्ने गरीएको छ ।’

सांसद सिलवालले अघिकाशं निजी अस्पतालहरुले १० प्रतिशत शय्या निशुल्क नगरेको भन्दै स्वास्थ्य तथा नजसंख्या मन्त्रालयले निजी अस्पतालको सेवा प्रवाहको विषयमा तत्काल अनुगमन गर्नुपर्ने माग गरे ।

‘सरकारले प्राइभेट अस्पतालहरुमा १० प्रतिशत वेड निशुल्क गर्नुपर्ने व्यवस्था गरेपनि निजी अस्पतालले त्यस्तो व्यवस्था गरेको छैन, स्वास्थ्य मन्त्रालयले सहि रुपमा अनुगमन गरी गरीएको छैन,’ उनले भने, ‘म स्वासथ्य मन्त्रालयको गम्भिर ध्यानाकर्षण गराउन चाहन्छु, प्राइभ्ट अस्पतालहरुले दिइरहेको सेवाको अनुगमन तुरुन्त थालियोस् ।’

प्रकाशित मिति : ९ भाद्र २०७६, सोमबार  ३ : ५५ बजे

खालिदा जियाका छोरा तारिक १७ वर्षपछि स्वदेश फर्किए, भावी प्रधानमन्त्रीका रुपमा चर्चा

ढाका- बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर

बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै

बेथलेहेम– गाजामा लामो समयदेखि चलेको युद्धको पीडादायी छायाँबीच दुई वर्षभन्दा