प्रचण्डको अध्यक्षतामा बसेको बैठकको पहिलो निर्णय–नेताविरुद्ध बोल्न कार्यकर्तामाथि प्रतिबन्ध « Khabarhub

प्रचण्डको अध्यक्षतामा बसेको बैठकको पहिलो निर्णय–नेताविरुद्ध बोल्न कार्यकर्तामाथि प्रतिबन्ध


९ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा आबद्ध नेता कार्यकर्ताहरूले अव आफ्ना नेता तथा कार्यकर्ताका बारेमा टिप्पणी गर्न नपाउने भएका छन् ।

एकताको १५ महिनामा पहिलोपटक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सोमबार बसेको सचिवालय बैठकले आफ्ना नेता र कार्यकर्ताका बारेमा जथाभावी बोल्न नपाइने र त्यसो गरेमा कारबाही गर्ने निर्णय गरेको हो।

बैठकका निर्णय सार्वजनिक गर्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले नेता कार्यकर्ताले पार्टी नेताका बारे व्यक्तिगत टिप्पणी गर्नु परे प्रक्रियागत ढंगले पार्टीभित्रै राख्नुपर्ने निर्णय गरेको जानकारी दिए।

माधव नेपालको बरिएता घटुवा गरेपछि माधव नेपालले राखेको फरक मतका विषयमा केन्द्रीय सदस्य तथा प्रेस संगठन इन्चार्ज राजेन्द्र गौतमले फेसबुक स्ट्याटस लेख्दै तल्लोस्तरको आलोचना गरेका थिए । त्यसलाई लिएर अध्यक्ष ओली र नेपालबीच अघिल्लो बैठकमा भनाभन समेत भएको थियो। ओलीले गौतमलाई कारवाही गर्नुको सट्टा उनको बचाउ गरेपछि नेता नेपाल क्रुद्ध बनेका थिए।

त्यसयता पनि पूर्वएमाले र पूर्वमाओवादी तर्फका केन्द्रीय सदस्यहरुबीच सामाजिक सञ्जालमै बाझाबाझ चलिरहे्को छ।

अध्यक्ष प्रचण्डको नेतृत्वमा बसेको बैठकको निर्णय पछि अव नेकपाका नेता कार्यकर्ता सार्वजनिक ठाउँमा पार्टीका नेता-कार्यकर्ता विरुद्ध आरोप-प्रत्यारोप गरे कारवाहीको भागिदार बन्नेछन्।

पार्टी प्रवेश गरेका चार जना थपिए

बैठकले देवेन्द्र पराजुली, कल्पना धमला, पदम राई र किरण राईलाई केन्द्रीय सदस्य मनोनयन गरेको छ ।

पराजुली र धमला तत्कालिन नयाँ शक्ति पार्टीबाट र राईद्वय विप्लव समूहबाट नेकपा प्रवेश गरेका हुन् । यसअघि नेकपाको केन्द्रीय समिति ४ सय ४१ सदस्यीय थियो ।

नयाँ चार जना थपिएपछि नेकपा केन्द्रीय समिति ४ सय ४५ सदस्यीय बनेको छ ।

प्रकाशित मिति : ९ भाद्र २०७६, सोमबार  १ : ४३ बजे

‘झरीपछिको इन्द्रेणी’को नयाँ गीत ‘जब फर्किन्छ घर’ सार्वजनिक

काठमाडौं – गत शुक्रबारदेखि प्रदर्शनरत फिल्म ‘झरीपछिको इन्द्रेणी’को नयाँ गीत

भोजपुरको पाँचधारेमा बौद्धस्तूप निर्माण

भोजपुर– टेम्केमैयुङ गाउँपालिका-९ पाँचधारेमा पर्यटकीय तथा धार्मिक क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले

भक्तपुरमा एक महिनामा १४ वटा जघन्य अपराध

भक्तपुर– भक्तपुरमा पछिल्लो एक महिनामा १४ वटा जघन्य अपराधका घटना घटेका

चिसोबाट दमरोगीलाई कसरी बचाउने ?

श्वासप्रश्वास रोग मानिसको मृत्यु गराउने रोगमध्ये विश्वको चौथो प्रमुख रोगमध्ये

गर्भावस्थामा यी तिन खानेकुरा नखाएकै राम्रो 

काठमाडौं– कफीः कफीमा क्याफिन भन्ने तत्त्व हुन्छ । गर्भवती आमाले कफी