उपनिर्वाचनका लागि राप्रपा संयुक्तबाट निर्वाचन परिचालन समिति गठन « Khabarhub

उपनिर्वाचनका लागि राप्रपा संयुक्तबाट निर्वाचन परिचालन समिति गठन


९ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–राप्रपा (संयुक्त) ले आगामी मंसिर १४ गते सम्पन्न हुने उपनिर्वाचनलाई मध्यनजर गरेर निर्वाचन परिचालन समिति गठन गरेको छ ।

उच्च कार्यसम्पादन समिति सदस्य धु्रवबहादुर प्रधानको संयोजकत्वमा गठित ९ सदस्यीय निर्वाचन समितिले संघीय, प्रदेश र स्थानीय तहका उपनिर्वाचनका लागि आवश्यक तयारी गर्नेछ ।

पार्टी प्रवक्ता सगुन सुन्दर लावतीले जनाएअनुसार, निर्वाचन परिचालन समितिले विभिन्न क्षेत्रका वस्तुगत अवस्था अध्ययन गरेर रणनीतिक कार्ययोजना तय गर्नेछ ।

ठाकुर प्रसाद शर्मा, श्याम तिमिल्सिना, भरतजंग उप्रेती, बाबुराम बस्नेत, भरत पाठक, झलक प्याकुरेल र मीना शाहीलाई निर्वाचन परिचालन समितिको सदस्यको जिम्मेवारी दिइएको छ भने रामशरण पाठकलाई सदस्य सविचको भूमिकामा राखिएको छ ।

यसैगरी राप्रपा (संयुक्त) सम्वद्ध राष्ट्रिय प्रजातान्त्रिक किसान संगठन (संयुक्त) गठन गरिएको छ । केन्द्रीय कार्य सम्पादन समिति सदस्य ध्रुव रायमाझीको संयोजकत्वमा गठित १३ सदस्यीय समिति किसानको हक, हित, अधिकार, सेवा, सुविधा र सहुलियतमा केन्द्रीत रहनेछ ।

इनु अधिकारी, तेज खरेल, बलबहादुर केसी, विष्णु प्रसाद पोखरेल, राजेश्वर राय यादव, राम आशिष पाण्डे, केष्ण विक्रम शाह, मातृका भुषाल, बसन्त अधिकारी, नवराज सिलवाल, नारायण बहादुर राउत, सुवास पण्डितलाई किसान संगठनको सदस्यको जिम्मेवारी दिइएको छ ।

प्रकाशित मिति : ९ भाद्र २०७६, सोमबार  ३ : ३४ बजे

‘झरीपछिको इन्द्रेणी’को नयाँ गीत ‘जब फर्किन्छ घर’ सार्वजनिक

काठमाडौं – गत शुक्रबारदेखि प्रदर्शनरत फिल्म ‘झरीपछिको इन्द्रेणी’को नयाँ गीत

भोजपुरको पाँचधारेमा बौद्धस्तूप निर्माण

भोजपुर– टेम्केमैयुङ गाउँपालिका-९ पाँचधारेमा पर्यटकीय तथा धार्मिक क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले

भक्तपुरमा एक महिनामा १४ वटा जघन्य अपराध

भक्तपुर– भक्तपुरमा पछिल्लो एक महिनामा १४ वटा जघन्य अपराधका घटना घटेका

चिसोबाट दमरोगीलाई कसरी बचाउने ?

श्वासप्रश्वास रोग मानिसको मृत्यु गराउने रोगमध्ये विश्वको चौथो प्रमुख रोगमध्ये

गर्भावस्थामा यी तिन खानेकुरा नखाएकै राम्रो 

काठमाडौं– कफीः कफीमा क्याफिन भन्ने तत्त्व हुन्छ । गर्भवती आमाले कफी