महिला हिंसामा कमी नआएको भन्दै परिणाममुखी कार्यसम्पादन गर्न निर्देशन « Khabarhub

महिला हिंसामा कमी नआएको भन्दै परिणाममुखी कार्यसम्पादन गर्न निर्देशन


९ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संसदीय समितिले सबै किसिमका महिला विरुद्धका हिंसा अन्त्यको अनुभूति हुने गरि प्रभावकारी र परिणाममुखी कार्यसम्पादन गर्न महिला मन्त्रालयलाई निर्देशन दिएको छ ।

प्रतिनिधिसभा अन्र्तगतको महिला तथा सामाजिक समितिको सोमबार बसेको बैठकले महिला विरुद्धका हिंसाका घटनामा कमी आउन नसकेको, हिंसाको दोषीलाई कारवाहीको दायरामा ल्याउने काम नहुँदा दण्डहिनता बढ्दै गएको भन्दै हिंसा अन्त्यको क्षेत्रमा परिणाममुखी कार्य सम्पादन गर्न मन्त्रालयलाई निर्देशन दिएको हो ।

महिला मन्त्रालयका तर्फबाट समितिमा पेस भएको हिंसा अन्त्यका लागि भएको प्रयास र प्राप्त उपलब्धि सम्बन्धी प्रतिवेदन सन्तोषजनक नभएको भन्दै समितिले तत्काल प्रभावकारी रणनीति, कार्यनीति तयार गरि परिणाममुखी कार्यसम्पादन गरि सोको जानकारी आवधिक रुपमा समितिलाई गराउन निर्देशन दिएको हो ।

समिति सदस्यहरुले हिंसाका घटनामा कमी आउनुको सट्टा बढ्दै गएको, निर्मला पन्तको हत्यारा पत्ता लगाउन नसकेको तथा हिंसा मुक्त समाज निर्माणका लागि आवश्यक पहल कदमी नभएकोतर्फ मन्त्रालयको ध्यानाकर्षण गराएका थिए । उनीहरुले विद्यमान कानुनको प्रभावकारी कार्यान्वयनका लागि पनि जोड दिए ।

बैठकमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले हिंसा अन्त्यका लागि मन्त्रालयले तात्कालिक र दीर्घकालिन गरि विभिन्न चरणका कार्ययोजना बनाई लागू गरिरहेको बताइन् । कानुन कार्यान्वयनले मात्रै महिला हिंसा अन्त्य नहुने भन्दै उनले हिंसा अन्त्यका लागि सबै नागरिक सचेत हुनुको साथै दायित्व बोध गर्नुपर्ने आवश्यकता औँल्याइन् ।

गत बर्ष भदौ ८ गते प्रतिनिधिसभाबाट महिला हिंसा विरुद्धको संकल्प प्रस्ताव पारित भएपछि हिंसा अन्त्यका क्षेत्रमा मन्त्रालयले गरेका कार्य र प्राप्त उपलब्धिको बारेमा समितिले संकल्प प्रस्तावक, समर्थक र सम्बन्धित मन्त्रीसँग छलफल गरेको हो ।

प्रकाशित मिति : ९ भाद्र २०७६, सोमबार  ४ : ५० बजे

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको