गर्भनिरोधक चक्की के हो ? कति पटकसम्म प्रयोग गर्न सकिन्छ ? « Khabarhub

गर्भनिरोधक चक्की के हो ? कति पटकसम्म प्रयोग गर्न सकिन्छ ?


९ भदौ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

किशोर अवस्था लागेसँगै शारीरिक रुपमा आउने परिवर्तनले केहि किशोरकिशोरीले आफूलाई शारीरिक सम्पर्कका लागि परिपक्क भएको महशुस गर्दछन् । तर किशोर अवस्था शारीरिक सम्पर्कका लागि परिपक्क उमेर भने होइन । शारीरिक सम्पर्क गर्ने कुनै पनि ब्यक्ति युवा उमेरमा प्रवेश गरेको हुनुपर्छ ।

तर आज हामी शारीरिक सम्पर्कका बारेमा भन्दा पनि शारीरिक सम्पर्क भए पश्चात रहन सक्ने गर्भ निरोधका बिषयमा चर्चा गर्नेछौँ । यौन सम्बन्ध हुनासाथ अधिकाशंले आकस्मिक गर्भनिरोधक चक्कीको सेवन गर्ने गर्दछन् । तर के यसरी गर्भनिरोधक चक्कीको सेवन गर्नु उचित हुन्छ त ? वा, कति पटकसम्म सेवन गर्दा यसले हानी गर्दैन ?

गर्भनिरोधक चक्कीमा हर्मोनको मात्रा सामान्यभन्दा बढी हुन्छ । हर्मोन बढी भएकै कारणले यो गर्भ निरोधका लागि प्रभावकारी मानिन्छ । तर गर्भ निरोधक चक्कीको प्रयोग आकस्मिक वा कहिलेकाही मात्र प्रयोग गर्नु उत्तम हुन्छ ।

गर्भनिरोधक चक्की कति पटक प्रयोग गर्नेभन्दा पनि सकेसम्म कममात्रामा प्रयोग गर्नु स्वास्थ्यका लागि सही हुनेछ । किनकी बारम्बार वा नियमित गर्भ निरोध चक्कीको सेवन गर्दा यसले शरीरमा हर्मोनको सन्तुलनलाई असर गर्नसक्छ । जसका कारण महिलामा महिनावारी गडबढीको समस्या हुनसक्छ ।

साथै बिस्तारै गर्भनिरोधक चक्कीको प्रभावकारितामा समेत कमी आउने संभावना रहन्छ । यसरी नियमित गर्भनिरोधक चक्कीको प्रयोग गर्नुभन्दा बरु कण्डम वा अन्य साधन पिल्स, डिपो, कपर टीको प्रयोग गर्नु उपयुक्त हुन्छ ।

प्रकाशित मिति : ९ भदौ २०७६, सोमबार  ७ : ०४ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको