५ लाख धरौटी बुझाएर छुटे रवि लामिछाने « Khabarhub

५ लाख धरौटी बुझाएर छुटे रवि लामिछाने


९ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पत्रकार शालिकराम पुडासैनी प्रकरणमा पक्राउ परेका टेलिभिजन प्रस्तोता रवि लामिछाने चितवन जिल्ला अदालतमा ५ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन् ।

उक्त मुद्दामा जिल्ला अदालतका न्यायाधीश हेमन्त रावलको इजलासले न्युज २४ टेलिभिजनका सञ्चारकर्मी रवि लामिछानेलाई ५ लाख, सोही टेलिभिजनका कार्यरत पत्रकार युवराज कँडेललाई ३ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

त्यस्तै अर्की अभियुक्त अस्मिता कार्कीलाई भने साधारण तारेखमा रिहा गर्ने आदेश दिएको थियो । अदालतको आदेशपछि लामिछाने र कँडेल धरौटी रकम बुझाएर रिहा भएका हुन् । रिहा भएपछि सञ्चारकर्मी लामिछानेले आफूप्रति सहानुभूति प्रकट गर्नेहरुलाई धन्यवाद दिएका छन् ।
यसैबीच, रवि छुटेसँगै समर्थकहरुले काठमाडौंमा पनि खुशीयाली मनाएका छन् ।

केही दिन यता रविको रिहाईका लागि माइतीघर मण्डलामा दैनिकजसो प्रदर्शन गर्दै आएका समर्थकहरुले आज साँझ काठमाडौंको बानेश्वरमा अविरजात्रासहित खुशीयाली मनाएका हुन् । त्यस्तै, रविका समर्थकले चितवनमा पनि खुशीयाली मनाएका छन् । उनको रिहाईको खुशीयाली साँट्न चितवनमा हजारौंको संख्यामा सहभागी भएका थिए । रविको पक्राउसँगै लगातार ११ दिनसम्म समर्थकहरुले चितवनमा विरोध प्रदर्शन गर्दै आएका थिए । उनको रिहाइसँगै समर्थकहरुले सामाजिक सञ्जालहरुमा पनि खुशीयाली मनाएका छन् ।

जिल्ला अदालत चितवनका न्यायधीश हेमन्त रावलको इजलासले लामिछानेसँग धरौटी माग गरेर छाड्न आदेश दिएको हो। सरकारी वकिलको तर्फबाट गोपीलाल देवकोटा, राजकुमार श्रेष्ठ, स्वागत नेपाल लगायत ८ जनाले बहस गरेका थिए भने प्रतिवादीको तर्फबाट सुशील पन्त, सुनीलकुमार पोखरेल, सुभाष पोखरेल र राजु थापाले बहस गरेका थिए।

प्रकाशित मिति : ९ भाद्र २०७६, सोमबार  ८ : ०१ बजे

सुनको मूल्यमा उतारचढाव, दुई लाख ६० हजार नजिक

काठमाडौं– पछिल्ला केही दिनयता स्थानीय बजारमा सुन र चाँदीको मूल्यमा निरन्तर

आर्यन खानलाई डेब्यु निर्देशनमै अवार्ड

काठमाडौं – बलिउड सुपरस्टार शाहरुख खानका छोरा आर्यन खानले निर्देशनमा

आहा ! आलिताल

डडेल्धुरा– पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण आलितालको पर्यटन प्रवर्द्धन गर्न काम थालिएको

मासुमा मात्रै होइन शाकाहारी भोजनमा पनि पर्याप्त प्रोटिन पाइन्छ 

काठमाडौं– हिजोआज कसरत गर्ने व्यक्तिहरू ‘प्रोटिन सेक, प्रोटिन पाउडर’ किनेर

दुर्गमको ‘लालझाडी’ सडक पूर्वाधार विकासले सुगम बन्दै

कञ्चनपुर– जिल्लाको दुर्गम क्षेत्रका रूपमा परिचित लालझाडी गाउँपालिका पछिल्ला वर्षहरूमा