मैत्रीपूर्ण खेलमा नेपाली राष्ट्रिय फुटबल टिम पराजित | Khabarhub Khabarhub

मैत्रीपूर्ण खेलमा नेपाली राष्ट्रिय फुटबल टिम पराजित


९ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वकप छनोट खेल्ने तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टिम मलेसियाली फुटबल क्लबसंगको मैत्रीपूर्ण खेलमा पराजित भएको छ ।

सोमबार बेलुकी मलेसियन लिग च्याम्पियन जोहोर डारुल टाजिम एफसीसंग भएको मैत्रीपूर्ण खेलमा नेपाली टिम १–० गोल अन्तरले पराजित भएको हो ।

सुजल श्रेष्ठको कप्तानीमा मैदान उत्रिएको नेपाल पहिलो हाफको तेस्रो मिनेटमै पछाडी पर्‍यो। डिबक्स बाहिर फ्रिकिक पाएको जोहोरका निकोलस अवर्टोले गोल गर्न सफल भएका थिए ।

प्रशिक्षक जोहान कालिनले बिमल घर्तिमगरलाई एक्लो फरवार्डको रुपमा मैदान उतार्दै मिडफिल्डमा जोड दिएका थिए । तर नेपाली टिमले मलेसियन क्लबविरुद्द जित निकाल्न भने सकेन ।

कतारमा आयोजना हुने सन् २०२२ को फिफा विश्वकप अन्तर्गत एसियाको दोस्रो चरणको छनोटको तयारीका लागि नेपालले मलेसियन क्लबसँग मैत्रीपूर्ण फुटबल खेलेको हो ।

छनोटमा नेपाल समूह ‘बी’ मा रहेको छ । नेपालको समूहमा एसियाली पावर हाउस अष्ट्रेलिया, जोर्डन, कुवेत र चाईनिज ताइपे रहेका छन् ।

नेपालले कुवेतसँग खेल्दै छनोटको सुरुवात गर्नेछ ।

प्रकाशित मिति : ९ भाद्र २०७६, सोमबार  ८ : ४१ बजे

शंखमु्लमा ग्यास सिलिन्डर पड्किएर आगलागी

काठमाडौं- काठमाडौंको शंखमुलस्थित एक पसलमा आगलागी भएको छ । शंखमुलस्थित

महोत्तरीका आगलागी पीडितहरूलाई राहत वितरण

महोत्तरी– महोत्तरी जिल्ला मटिहानी नगरपालिका-६ जरलहवा गाँउ बस्तीमा आगलागीबाट प्रभावित

कुशल भुर्तेलले नै दिलाए नेपाललाई चौथो सफलता

काठमाडौं– वेस्ट इन्डिज ए विरुद्ध नेपालले चौथो  सफलता हासिल गरेको

बेथितियुक्त अहिलेको प्रणालीविरुद्ध आन्दोलनको विकल्प छैन : कमल थापा

काठमाडौं – राप्रपा नेपालका अध्यक्ष कमल थापाले अहिले मुलुकमा देखिएको

नेपाललाई तेस्रो सफलता, वेस्ट इन्डिज ‘ए’ का कप्तान आउट

काठमाडौं– वेस्ट इन्डिज ए विरुद्ध नेपालले तेस्रो सफलता हासिल गरेको