वार्ता र सम्वादका माध्यमबाट समस्या समाधान गर : चिकित्सक संघ « Khabarhub

वार्ता र सम्वादका माध्यमबाट समस्या समाधान गर : चिकित्सक संघ


९ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल चिकित्सक संघले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङको समस्या सरोकारवालाबीचमा वार्ता र सम्झादारी गरी सुल्झाउन अनुरोध गरेको छ ।

प्रतिष्ठानका उपकुलपति डा सङ्गीता भण्डारीले प्रतिष्ठानमा कार्यरत १२ जना चिकित्सकलाई एकैपटक हटाएपछि प्रतिष्ठानको सेवामा गम्भीर असर पुगेको छ । चिकित्सकको अभावमा सेवाग्राही उपचार नपाइ घर फर्किन बाध्य हुनुपरेको छ ।

उपकुलपति भण्डारीको कार्यशैलीको विरोध गर्दै एकैपटक २९ जना चिकित्सकले सामूहिक राजिनामा दिएका थिए । अहिले उपकुलपति भण्डारीसहित चारजना चिकित्सकले मात्र सेवा सञ्चालन गरिराखेका छन् ।

सङ्घका महासचिव डा लोचन कार्कीले सोमबार जारी गरेको विज्ञप्तिमा घटनाका विषयमा नेपाल चिकित्सक संघ दाङ शाखाले निकालेको विज्ञप्ति प्रति नेपाल चिकित्सक संघ केन्द्रीय कार्यालयको ध्यानाकर्षण भएको जनाउँदै वार्ता र सम्वादका माध्यमबाट समस्या सम्बोधन गर्न भनिएको छ ।

“स्वास्थ्य सेवा प्रवाहमा नकारात्मक प्रभाव पर्न सक्ने भएको हुनाले सरोकारवाला निकायले गम्भीर रुपमा विचार गरी तत्काल उत्पन्न समस्याको छिटो समाधान निकाल्न सरोकारवाला निकाय समक्ष सङ्घले जोड्दार माग गर्दछ,” विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति : ९ भाद्र २०७६, सोमबार  ९ : ३० बजे

बालिका सम्मेलनः मिथिला विहारी नगरपालिकाद्वारा सात बुँदे घोषणपत्र जारी

धनुषा – मिथिला विहारी नगरपालिकाले ‘बालविवाह बन्द गरौँ’ भन्ने मूल

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि