आँगनमै भएको ताण्डव कांग्रेस नेताले झ्यालमा बसेर हाँस्दै हेरे! « Khabarhub

आँगनमै भएको ताण्डव कांग्रेस नेताले झ्यालमा बसेर हाँस्दै हेरे!


१४ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघमा दुई खेमामा विभाजित विद्यार्थी नेताबीच भएको कुटाकुटको विषय अहिले चर्चामा छ । पार्टी कार्यालयमै विद्यार्थीबीच कुटाकुटा हुँदा कांग्रेस नेता मौन शीर्षकको मुख्य समाचार नयाँ पत्रिकाले छापेको छ ।

दुई पक्षबीचको झडपले उग्ररुप लिँदै नियन्त्रणका लागि प्रहरीले लाठी चार्ज गर्नुपर्ने अवस्था आउँदा पनि कांग्रेस नेतृत्व भने मौन रह्यो । कांग्रेस नेता कृष्ण सिटौलाले यो समस्या समाधान गर्न नेतृत्वले नचाहेको भन्दै बैठकमा नेविसंघको झगडा हामीले झ्यालमा बसेर हाँस्दै हेर्‍यौ । समस्या समाधानका लागि कुनै उपाय निकालेनौ भनेका छन् । यो विषयमा नेताहरु गगन थापा, प्रदीप पौडेलले केन्द्रीय समितिमा कुरा उठाउन खोजेपनि सभापति देउवाले यस विषयमा बोल्न जरुरी छैन भन्दै रुलिङ नै गरेको एक केन्द्रीय सदस्यले बताएका छन् ।

न्यायपरिषदले तानेका ११ न्यायाधीशमाथि छानबिन हुँदै शीर्षकको अर्को समाचारमा न्यायसम्पादनमा लापरबाही गरेको भन्दै विभिन्न जिल्ला र उच्च अदालतबाट तानिएका ११ न्यायाधीशमाथि न्यायपरिषदले छानबिन गरिरहेको छ । छुट्टाछुट्टै तीन समिति बनाएर छानबिनको काम अघि बढिरहेको छ ।

त्यस्तै मुक्त कमैया र हलिया पुर्नस्थापनामा ५ अर्ब ३३ करोड सकिएपनि समस्या समाधान नभएको, प्रदेश र स्थानीय तहका कर्मचारीले ट्रेड युनियन खोल्न नपाउनेलगायतका समाचार मुख्य रुपमा छापिएका छन् ।

प्रकाशित मिति : १४ फाल्गुन २०७५, मंगलबार  ६ : ४१ बजे

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार

दुबई पुग्यो डीडीसीको घिउ र याक चिज

काठमाडौं – दुग्ध विकास संस्थान (डीडीसी)को थप एक हजार ५००

मिठाईमा मिसाइएका पदार्थ र उपभोग्य मिति अनिवार्य

काठमाडौं – मिठाई उत्पादन तथा बिक्री वितरण गर्ने व्यवसायीले आफूले