आँगनमै भएको ताण्डव कांग्रेस नेताले झ्यालमा बसेर हाँस्दै हेरे! « Khabarhub

आँगनमै भएको ताण्डव कांग्रेस नेताले झ्यालमा बसेर हाँस्दै हेरे!


१४ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघमा दुई खेमामा विभाजित विद्यार्थी नेताबीच भएको कुटाकुटको विषय अहिले चर्चामा छ । पार्टी कार्यालयमै विद्यार्थीबीच कुटाकुटा हुँदा कांग्रेस नेता मौन शीर्षकको मुख्य समाचार नयाँ पत्रिकाले छापेको छ ।

दुई पक्षबीचको झडपले उग्ररुप लिँदै नियन्त्रणका लागि प्रहरीले लाठी चार्ज गर्नुपर्ने अवस्था आउँदा पनि कांग्रेस नेतृत्व भने मौन रह्यो । कांग्रेस नेता कृष्ण सिटौलाले यो समस्या समाधान गर्न नेतृत्वले नचाहेको भन्दै बैठकमा नेविसंघको झगडा हामीले झ्यालमा बसेर हाँस्दै हेर्‍यौ । समस्या समाधानका लागि कुनै उपाय निकालेनौ भनेका छन् । यो विषयमा नेताहरु गगन थापा, प्रदीप पौडेलले केन्द्रीय समितिमा कुरा उठाउन खोजेपनि सभापति देउवाले यस विषयमा बोल्न जरुरी छैन भन्दै रुलिङ नै गरेको एक केन्द्रीय सदस्यले बताएका छन् ।

न्यायपरिषदले तानेका ११ न्यायाधीशमाथि छानबिन हुँदै शीर्षकको अर्को समाचारमा न्यायसम्पादनमा लापरबाही गरेको भन्दै विभिन्न जिल्ला र उच्च अदालतबाट तानिएका ११ न्यायाधीशमाथि न्यायपरिषदले छानबिन गरिरहेको छ । छुट्टाछुट्टै तीन समिति बनाएर छानबिनको काम अघि बढिरहेको छ ।

त्यस्तै मुक्त कमैया र हलिया पुर्नस्थापनामा ५ अर्ब ३३ करोड सकिएपनि समस्या समाधान नभएको, प्रदेश र स्थानीय तहका कर्मचारीले ट्रेड युनियन खोल्न नपाउनेलगायतका समाचार मुख्य रुपमा छापिएका छन् ।

प्रकाशित मिति : १४ फाल्गुन २०७५, मंगलबार  ६ : ४१ बजे

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको