लाइसेन्स किन्न पाइने यातायात व्यवस्था कार्यालय « Khabarhub

लाइसेन्स किन्न पाइने यातायात व्यवस्था कार्यालय


१४ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरणमा हुने गरेको अनियमिततालाई समेटेर अन्नपूर्ण पोस्टले मुख्य समाचार छापेको छ । ‘जहाँ लाइसेन्स किन्न पाइन्छ’ शीर्षकको समाचारमा जनकपुरस्थित यातायात व्यवस्था विभागमा हुने गरेको घुसघोरी र बिचौलियाको सेटिङ, सेवाग्राहीले पाउने सास्ती, कर्मचारीको मस्तीको विषयमा स्थलगत कुरा समावेश गरिएको छ ।

कार्यालयमा सीसी क्यामेरा जडान गरिएपनि कार्यालय बाहिरबाटै सेटिङ मिलाएर काम गरिने गरेको, अर्कै व्यक्तिलाई परीक्षामा बसाएर लाइसेन्स दिने गरिएको, कार्यलयमा कर्मचारी नभेटिने गरेको, बिचौलिया, दलालले बाटो छेकेरै सेवाग्राहीलाई आफू मातहत काम गर्न बाध्य बनाउने गरेको पाइएको छ ।

त्यस्तै नेपाल भ्रमणमा रहेका अमेरिकी उपसहायक रक्षामन्त्री जोसेफ एच फेल्टरले नेपाल अमेरिकाका लागि महत्वपूर्ण साझेदार रहेको बताएका छन् । उनले अमेरिकालाई नेपाल चाहिने र नेपाललाई पनि अमेरिका आवश्यक पर्ने भएकाले दुवै देशको सम्बन्ध मजबुद रहेको बताएका छन् ।

त्यस्तै खुल्दै तातोपानी नाका शीषर्कको समाचारमा वैशाखदेखि तातापानी नाका खोल्ने तयारीका साथ काम भइरहेको छ । सिन्धुपाल्चोकस्थित तातोपानी नाका खोलाउँदा नेपाली भूमिबाट चीनविरोधी गतिविधि हुन नदिने प्रतिबद्धतापछि यो नाका खुल्न लागेको हो ।

प्रकाशित मिति : १४ फाल्गुन २०७५, मंगलबार  ६ : ५५ बजे

किशोर श्रेष्ठलाई पक्राउ गरिएकोबारे पत्रकार महासंघले के भन्यो ?

काठमाडौं- नेपाल पत्रकार महासंघले जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई प्रहरीले

एसिया–प्रशान्तको समृद्धिमा जोड दिँदै एपीईसी सम्मेलन

बेइजिङ- एसिया–प्रशान्त क्षेत्रको आर्थिक समृद्धि र सहकार्य प्रवद्र्धन गर्ने उद्देश्यले

गृहमन्त्री गुरुङद्वारा जीवित देवी कुमारीको दर्शन

काठमाडौँ- गृहमन्त्री सुधन गुरुङले जीवित देवी कुमारीको दर्शन गरेका छन्

कांग्रेस सभापति थापाले लिए शपथ

काठमाडौँ- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पद तथा गोपनीयताको

लिग २ : क्यानडाद्वारा नेपालसामु २ सय ५७ रनको लक्ष्य प्रस्तुत

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग-२ अन्तर्गत शनिबारको खेलमा क्यानडाले नेपालसामु