लाइसेन्स किन्न पाइने यातायात व्यवस्था कार्यालय « Khabarhub

लाइसेन्स किन्न पाइने यातायात व्यवस्था कार्यालय


१४ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरणमा हुने गरेको अनियमिततालाई समेटेर अन्नपूर्ण पोस्टले मुख्य समाचार छापेको छ । ‘जहाँ लाइसेन्स किन्न पाइन्छ’ शीर्षकको समाचारमा जनकपुरस्थित यातायात व्यवस्था विभागमा हुने गरेको घुसघोरी र बिचौलियाको सेटिङ, सेवाग्राहीले पाउने सास्ती, कर्मचारीको मस्तीको विषयमा स्थलगत कुरा समावेश गरिएको छ ।

कार्यालयमा सीसी क्यामेरा जडान गरिएपनि कार्यालय बाहिरबाटै सेटिङ मिलाएर काम गरिने गरेको, अर्कै व्यक्तिलाई परीक्षामा बसाएर लाइसेन्स दिने गरिएको, कार्यलयमा कर्मचारी नभेटिने गरेको, बिचौलिया, दलालले बाटो छेकेरै सेवाग्राहीलाई आफू मातहत काम गर्न बाध्य बनाउने गरेको पाइएको छ ।

त्यस्तै नेपाल भ्रमणमा रहेका अमेरिकी उपसहायक रक्षामन्त्री जोसेफ एच फेल्टरले नेपाल अमेरिकाका लागि महत्वपूर्ण साझेदार रहेको बताएका छन् । उनले अमेरिकालाई नेपाल चाहिने र नेपाललाई पनि अमेरिका आवश्यक पर्ने भएकाले दुवै देशको सम्बन्ध मजबुद रहेको बताएका छन् ।

त्यस्तै खुल्दै तातोपानी नाका शीषर्कको समाचारमा वैशाखदेखि तातापानी नाका खोल्ने तयारीका साथ काम भइरहेको छ । सिन्धुपाल्चोकस्थित तातोपानी नाका खोलाउँदा नेपाली भूमिबाट चीनविरोधी गतिविधि हुन नदिने प्रतिबद्धतापछि यो नाका खुल्न लागेको हो ।

प्रकाशित मिति : १४ फाल्गुन २०७५, मंगलबार  ६ : ५५ बजे

पोखराले गुमायो पाचौँ विकेट, ६१ रन बनाएका दास आउट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

दिल्लीमा वायु प्रदूषण नियन्त्रणका लागि नयाँ प्रतिबन्ध लागू

नयाँदिल्ली– भारतको राजधानी नयाँदिल्लीमा बढ्दो वायु प्रदूषण नियन्त्रण गर्ने उद्देश्यले

तृतराजको ५०, जनकपुरको १०० रन पूरा

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

जाडो बढेसँगै ‘भक्का’ को व्यापार फस्टाउँदै

झापा– चिसो मैसम सुरु भएसँगै झापा, मोरङ, सुनसरीलगायत पूर्वी तराईका

पोखराले गुमायो तेस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा