सीपीएलको ‘ब्रेक थ्रु स्टार’ सन्दीप | Khabarhub Khabarhub

सीपीएलको ‘ब्रेक थ्रु स्टार’ सन्दीप


१४ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा सेन्ट नेभिस एण्ड किट्स पेट्रियट्सबाट खेलेका नेपाली राष्ट्रिय टोलीका लेगस्पिनर सन्दीप लामिछानेले सिपीएल ओस्कारमा ‘ब्रेक थु्र स्टार’ अवार्ड जितेका छन् । सोमबार सीपीएलले सार्वजनिक गरेको ओस्कारमा सन्दीपले ब्रेक थ्रु स्टार खेलाडीको अवार्ड जितेका हुन् ।

२०१८ मार्चमा सम्पन्न सीपीएल खेल्ने पहिलो नेपाली क्रिकेटर बनेका सन्दीपले उत्कृष्ट प्रदर्शन गरेका थिए । जहाँ उनले खेलेका ५ खेलमा ७ विकेट लिँदै ६.२३ को इकोनोमी राखेका थिए ।

अघिल्लो सिजनको इन्डीयन प्रिमियर लिग (आईपीएल) मा दिल्ली डेयरडेभिल्सबाट खेलेका सन्दीपले उत्कृष्ट प्रदर्शन गरेपछि सन्दीपले सीपीएलमा अवसर पाएका थिए । जहाँ उनले आफ्नो क्षमतामा निखारता ल्याउँदै उत्कृष्ट लय देखाएका थिए ।

पहिलो पटक सीपीएल खेलेका सन्दीपले ब्रेक य्रु अवार्ड पाएका छन् । आईपीएल, सीपीएल, अस्ट्रेलियाको बिग बास लिग खेलेका सन्दीप यो सिजनको आईपीएलका लागि दिल्ली क्यापीटल्स (दिल्ली डेयरडेभिल्सको परिवर्ती नाम) ले रिटेन गरिसकेको छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०७५, मंगलबार  ८ : १७ बजे

युक्रेनमा रुसलाई सफलता

रुस – भ्लाडिमिर पुटिनको रुसी सेनाले पूर्वी युक्रेनका थप तीन

‘नेपाल यस कारण लगानी अवसरको केन्द्र हो’

धेरैले लगानी सम्भावनाबारे सम्मेलनको उद्घाटन समारोहमा बोल्नुभयो । म त्यसलाई

फ्रेन्च लिग वान : तीन खेल अगावै पीएसजीलाई उपाधि

काठमाडौं– फ्रेन्च लिग वानको उपाधि पेरिस सेन्ट जर्मेन (पीएसजी) ले

इलाम अपडेटः एमाले- ८८९८, कांग्रेस- ६२८०, मतान्तर २६१८ (सूचीसहित)

इलाम – इलाम क्षेत्र नम्बर २ को पछिल्लो मत परिणाम

उच्च गतिको विद्युत् प्रवाह हुँदा ६० घरमा क्षति

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारमा उच्च गतिको विद्युत प्रवाह हुँदा