प्रहरी हिरासतबाट फरार महतो पञ्जाबमा पक्राउ « Khabarhub

प्रहरी हिरासतबाट फरार महतो पञ्जाबमा पक्राउ


९ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही- सर्लाही प्रहरीको हिरासतबाट फरार भएका एक प्रतिवादीलाई १६ दिनपछि प्रहरीले भारतको पञ्जाब प्रान्तको जलन्धरबाट पक्राउ गरेको छ ।

लागुऔषध नाइट्राजेपाम–१० लेखिएको १४८ ट्याब्लेटसहित गत भदौ २० गते हरिवन नगरपालिका–११ बाट पक्राउ परेका सोही नगरपालिका–५ निवासी महिन्द्र महतो भदौ २२ गते जिल्ला अदालतबाट म्याद थप गराएर हरिवन लैजाने क्रममा प्रहरीको हिरासतबाट फरार भएका थिए ।

फरार भएका महतोलाई भारतको पञ्जाब प्रान्तको जलन्धरबाट पक्राउ गरिएको सर्लाहीका प्रहरी उपरीक्षक गोपाल चन्द्र भट्टराईले जानकारी दिए ।

फरार प्रतिवादी महतोको परिवारिक सदस्यको सहयोगमा र भारतीय प्रहरीको समन्वयमा सादा पोशाकको प्रहरीलाई पञ्जाब पठाएर महतोलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक भट्टराईले बताए ।

प्रकाशित मिति : ९ आश्विन २०७६, बिहीबार  ५ : ४२ बजे

त्रिसठ्ठीभन्दा बढी सांसदले लिए मातृभाषामा शपथ

काठमाडौं– आज सङ्घीय संसद्को प्रतिनिधिसभा सदस्यमा निर्वाचित सदस्यहरूले शपथ लिएका

ओलीको तर्क : अहिले पनि एमाले २०७९ को रास्वपाभन्दा ठूलै छ, आत्तिनु पर्दैन

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी

गुण र दोषका आधारमा सरकारलाई सहयोग हुन्छ : सांसद अर्याल 

काठमाडौं– नेकपा (एमाले) का सचिव पद्यमा अर्यालले गुण र दोषका

कुमारी बैंकद्वारा मास्टरकार्ड सेवाको औपचारिक शुभारम्भ

काठमाडौं– कुमारी बैंक लिमिटेड मास्टरकार्ड सेवा औपचारिक रूपमा सार्वजनिक गर्दै

प्रधानमन्त्री कप क्रिकेट : नेपाल पुलिस विजयी

काठमाडौं– राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा