तराईका जिल्लामा पाइने यस फललाई कतै सीताफल, कतै आटी फल त कतै शरीफाका नामले चिनिन्छ । खाँदा स्वादिलो यो फल मानव स्वास्थ्यका लागि निकै लाभदायी हुन्छ ।
सीताफल मानिसहरुले खाने भएपनि यसको फाइदाबारे सबैलाई जानकारी नहुन सक्छ । सीताफलका फाइदा बारे यहाँ उल्लेख गरिएको छ ।
सिताफलमा पाइने भिटामिन तथा खनिज पदार्थले मानव स्वास्थ्यमा प्रतिरोधात्मक क्षमाताको विकास गर्ने चिकित्सकहरु बताउँछन् । यसले हृदयघात र क्यान्सर जस्ता ठूलो रोगहरुसँग लड्ने क्षमाताको विकास गर्ने काम गर्ने उनीहरु बताउँछन् ।
यसलाई नियमित खाँदा रक्तचाप नियन्त्रणमा गर्छ । आँखा तलको कालोपनलाई चम्किलो बनाउने काम गर्छ । यसले शरीरलाई आवश्यक पर्ने तामा तथा फलाम प्राकृतिक रुपमा पूरा गर्ने काम गर्छ । यसमा म्याग्नेसियम पनि धेरै मात्रामा पाइन्छ ।
म्याग्नेसियमले हाम्रो शरीरमा रहेको पानीको मात्रामा सन्तुलन ल्याउने काम गर्छ । यसले शरीरको जोर्नीहरुको दुखाइमा कमी ल्याउने काम गर्दछ ।
यसले झाडापखाला लागेको बेलामा नियन्त्रण गर्ने काम गर्छ । यसको पात र बोक्रालाई पनिमा राखेर पांच मिनेट सम्म उमालेर सेवन गर्यो भने पेटमा पर्ने जुका नियन्त्रण हुने बताइन्छ । यसमा पाइने एन्टी अक्सिडेन्ट तत्वले गर्दा रक्तचापका बिरामीलाई निकै मद्यत पुर्याउँछ ।
प्रतिक्रिया