सीताफल स्वास्थ्यका लागि बहुउपयोगी | Khabarhub Khabarhub

सीताफल स्वास्थ्यका लागि बहुउपयोगी


९ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तराईका जिल्लामा पाइने यस फललाई कतै सीताफल, कतै आटी फल  त कतै शरीफाका नामले चिनिन्छ । खाँदा स्वादिलो यो फल मानव स्वास्थ्यका लागि निकै लाभदायी हुन्छ ।

सीताफल मानिसहरुले खाने भएपनि यसको फाइदाबारे सबैलाई जानकारी नहुन सक्छ । सीताफलका फाइदा बारे यहाँ उल्लेख गरिएको छ ।

सिताफलमा पाइने भिटामिन तथा खनिज पदार्थले मानव स्वास्थ्यमा प्रतिरोधात्मक क्षमाताको विकास गर्ने चिकित्सकहरु बताउँछन् । यसले हृदयघात र क्यान्सर जस्ता ठूलो रोगहरुसँग लड्ने क्षमाताको विकास गर्ने काम गर्ने उनीहरु बताउँछन् ।

यसलाई नियमित खाँदा रक्तचाप नियन्त्रणमा गर्छ । आँखा तलको कालोपनलाई चम्किलो बनाउने काम गर्छ । यसले शरीरलाई आवश्यक पर्ने तामा तथा फलाम प्राकृतिक रुपमा पूरा गर्ने काम गर्छ । यसमा म्याग्नेसियम पनि धेरै मात्रामा पाइन्छ ।

म्याग्नेसियमले हाम्रो शरीरमा रहेको पानीको मात्रामा सन्तुलन ल्याउने काम गर्छ । यसले शरीरको जोर्नीहरुको दुखाइमा कमी ल्याउने काम गर्दछ ।

यसले झाडापखाला लागेको बेलामा नियन्त्रण गर्ने काम गर्छ । यसको पात र बोक्रालाई पनिमा राखेर पांच मिनेट सम्म उमालेर सेवन गर्यो भने पेटमा पर्ने जुका नियन्त्रण हुने बताइन्छ । यसमा पाइने एन्टी अक्सिडेन्ट तत्वले गर्दा रक्तचापका बिरामीलाई निकै मद्यत पुर्‍याउँछ ।

प्रकाशित मिति : ९ आश्विन २०७६, बिहीबार  ७ : ३४ बजे

क्रिकेटर लामिछानेको पुनरावेदन निवेदनमा आज सुनुवाइ

काठमाडौं– राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले जिल्ला अदालतको फैसलाप्रति

काठमाडौंका यी स्थानमा चार घण्टा विद्युत बन्द

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले काठमाडौंका विभिन्न ठाउँमा आज विद्युत सेवा

प्रविधिको दास बन्दैछ मान्छे

आजकल हरेक घर, परिवार र व्यक्तिमा हुने संवाद र सम्बन्ध

मौरीपालनका लागि अनुदान बढाउन माग

नवलपरासी– नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरका किसानले जिल्लामा मौरीपालनका निम्ति उपयुक्त वातावरण

साउदी प्रो लिग : अल नासरको जितमा रोनाल्डोको ह्याट्रिक

काठमाडौं– साउदी प्रो लिग फुटबलमा अल नासरले अल वेहडालाई फराकिलो