बाजुरामा पुनः हिमपात, जनजीवन कष्टकर « Khabarhub

बाजुरामा पुनः हिमपात, जनजीवन कष्टकर


१४ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मार्तडी– बाजुराका अधिकांश क्षेत्रमा हिजो(सोमबार)देखि पुन हिमपात भएको छ । माघ पहिलो साताबाट शुरु भएको हिमपातसँगै भारी वर्षाका कारण बाजुरावासीको जनजीवन कष्टकर बन्दै गएको छ ।

गत माघ पहिलो साताबाट जिल्लाका हिमाली क्षेत्रमा हिमपात भएको थियो । लगातार वर्षाका कारण यहाँका ग्रामीण सडक आंशिक रुपमा बन्द भएका छन् । हिमपात र अत्यधिक वर्षाले ग्रामीण सडक अवरुद्ध भएपछि छोटो दूरीका सवारीसाधन चल्न छाडेको जयमालिका यातायात प्रालिका उपाध्यक्ष पृथ्वी रावलले बताउनुभयो । यातायात बन्द हँुदा कामका लागि सदरमुकाम आवतजावत गर्ने स्थानीयवासीले सास्ती भोग्नुपरेको छ ।

लगातारको वर्षा र पटकपटकको हिमपातका कारण वृद्धवृद्धा, बालबालिका र विरामीलाई समस्या भएको छ । उत्तरी क्षेत्रको कोल्टीस्थित कोल्टी प्राथामिक स्वास्थ्य केन्द्रबाट जिल्ला अस्पतालका लागि सिफारिश गरिएका बिरामीलाई आवतजातवत गर्न समस्या भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा रुपचन्द्र विश्वकर्माले बताए ।

वर्षाका कारण आंशिकरूपमा यातायातका साधन बन्द भएपछि ग्रामीण क्षेत्रमा दैनिक उपभोग्य सामानको अभाव भएको हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द मल्लले बताए । मार्तडी–कोल्टी सडक खण्डको पोरखे लेकमा ४ देखी ५ फिट हिउँ जमेको छ । माघ पहिलो सातादेखि नै उत्तरी भेगको यातायात पुर्ण रुपमा बन्द भएको छ ।

जिल्लामा लगातार हिमपात हुँदा हिमाली क्षेत्रका विद्यालयमा पढाइ प्रभावित बनेको छ । चिसोका कारण विद्यार्थी विद्यालय आउन छाडेको बूढीनन्दा नगरपालिकास्थित कालिका प्राथमिक विद्यालयका प्रधानाध्यापक नन्दुबहादुर रौलेले बताए ।

प्रकाशित मिति : १४ फाल्गुन २०७५, मंगलबार  १० : ४६ बजे

लागूऔषधसहित देशका विभिन्न भागबाट १३ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित

कांग्रेसको विशेष बैठक बस्दै, सभापति थापाले समसामयिक विषयमा सम्बोधन गर्ने

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको

एनपीएल : आज जनकपुर र पोखराबीच प्रतिस्पर्धा हुँदै

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज (आइतबार)

पहिरोले बीपी राजमार्गसहित विभिन्न सडक अवरुद्ध

काठमाडौँ– प्रहरी प्रधान कार्यालयले लगातारको वर्षाका कारण खहरेखोलाबाट लेदोसहित ढुङ्गामाटो

अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, मौसममा सुधार

काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाले अर्नब चक्रवातको अवशेषका रूपमा पश्चिम नेपाल