जहाँ हिमनदीको गरियो अन्तिम संस्कार (फोटो फिचर) « Khabarhub

जहाँ हिमनदीको गरियो अन्तिम संस्कार (फोटो फिचर)


९ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

केही मानिसले आफ्ना आफन्तको मृत्यु हुँदा समेत अन्तिम संस्कार गर्दैनन् । तर स्वीजरल्याण्डमा भने एक ग्लेशियर अर्थात बरफका टुक्राहरु बग्ने हिमनदीको अन्तेष्टि तथा अन्तिम यात्रा गरिएको छ ।

सुन्दा अचम्म लाग्न सक्छ, तर वास्तविकता के हाे भने ग्लोबल वार्मिङका कारण पिजोल नामक हिमनदीको अस्तित्व  सकिदै गएपछि  हिमनदीलाई मृत घोषित गर्दै अन्तेष्टि गरिएको हो ।

अन्तिम संस्कारमा करीब २५० जना नागरिक सहभागी भएका थिए । कालो कपडा पहिरिएर २ घण्टा उकालो तथा करिब २७०० मिटर हिमाली उचाईमा पुगेर उनीहरुले पिजोल हिमनदीको अन्त्येष्टि गरेका हुन् ।

 

पिजोल हिमनदी उत्तर पूर्व स्वीजरल्याण्ड र अस्ट्रियाको सिमा नजिा अवस्थित रहको थियो । तीब्र रुपमा हिउँ पग्लिएर अस्तित्व लोप भएको पिजोल ग्लेशियरको अन्तिम विदाईमा विभिन्न देशका वैज्ञानिकहरु उपस्थित भएका थिए ।

पिजोल ग्लेशियरमा रहेको हिउँ सन् २००६ यता नै ८० प्रतिशत पग्लिसकेको थियो । उक्त हिमनदी सन् १९८७ मा ३ लाख २० हजार वर्ग किमी क्षेत्रमा फैलिएको थियो ।

यसअघि अगस्ट महिनामा पनि आइसलैण्डमा पग्लिएर अस्तित्व सकिएको एक ग्लेशियरको अन्तिम संस्कार गरिएको थियो ।

प्रकाशित मिति : ९ आश्विन २०७६, बिहीबार  ९ : १९ बजे

पुस्तान्तरणको प्रतीक्षामा पाल्पाको लाखे नाच

पाल्पा– दुईदशक अघिसम्म ‘लाखेजात्रा’ भन्नेबित्तिकै गाउँगाउँबाट मानिस तानसेन आउँथे ।

रसुवा बाढीपछि सरकारलाई सुझाव दिन संसदीय विशेष समिति बनाउन बसेको प्रमुख दलको बैठक निष्कर्षविहीन

काठमाडौं- रसुवा बाढीपछि सरकारलाई आवश्यक सुझाव दिन संसदीय विशेष समिति

दुवै पक्षको महाधिवेशनमा सहभागी नहुने अडानमा पूर्णबहादुर र शेखर

काठमाडौं- नेपाली कांग्रेसका शीर्ष नेता डाक्टर शेखर कोइराला र पूर्वकार्यवाहक

रास्वपा सांसद भन्छन्- विदेशीले पठाएको राहत सामग्री एयरपोर्टमै अलपत्र छ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद यज्ञमणि न्यौपानेले त्रिभुवन विमानस्थलको कार्गोमा

निजी क्षेत्रलाई प्रोत्साहन गर्न राज्यले नीति निर्माण, संरक्षण र नियमन गर्नुपर्छ : सभामुख अर्याल

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले निजी क्षेत्रलाई प्रोत्साहन गर्न राज्यले