प्रधानमन्त्री कप अन्तर विश्वविद्यालय खेलकुद प्रतियोगिता शुरु « Khabarhub

प्रधानमन्त्री कप अन्तर विश्वविद्यालय खेलकुद प्रतियोगिता शुरु


९ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय खेलकुद परिषद्को आयोजना तथा राष्ट्रिय विश्वविद्यालय खेलकुद संघको व्यवस्थापनमा प्रधानमन्त्री कप चौथो अन्तर विश्वविद्यालय खेलकुद प्रतियोगिता विहीबारबाट शुरु भएको छ ।

८ विश्वविद्यालय सहभागी भएको प्रतियोगितामा फुटबल, भलिबल, बास्केटबल, टेबलटेनिस, ब्याडमिन्टन, चेस र दौड खेल समावेश छन् ।

प्रतियोगितामा त्रिभुवन विश्वविद्यालय, मध्यपश्चिमाञ्चल, सुदूरपश्चिमाञ्चल, पोखरा, पूर्वाञ्चल, नेपाल संस्कृत, कृषि तथा वनविज्ञान र काठमाडौं विश्वविद्यालयका गरी ६ सय १२ खेलाडीले विभिन्न खेलमा प्रतिस्पर्धा गर्ने राष्ट्रिय विश्वविद्यालय खेलकुद संघका महासचिव चन्द्र तामाङले जानकारी दिए ।

फुटबल लगनखेलस्थित नेपाली सेनाको मैदानमा हुँदैछ । भलिबल जावलाखेलस्थित भलिबल प्रशिक्षण केन्द्रमा हुनेछ । यस्तै बास्केटबल एक्मी इन्जिनियरीङ कलेज सितापाइला, दौड आर्मीको मैदान लनखेल, चेस पिनाकल कलेज, टेबल टेनिस राष्ट्रिय टेबल टेनिस तालिम केन्द्र लैनचौर तथा ब्याडमिन्टन नेपाल पुलिस क्लब प्रदर्शनीमार्गमा हुनेछ ।

१ करोड २६ लाख रुपैयाँ लागत अनुमान गरिएको प्रतियोगितामा ७६ स्वर्ण, ७६ कास्य, ७६ रजत गरी कुल २ सय २८ पदकमा प्रतिस्पर्धा हुने महासचिव तामाङले बताए ।

प्रकाशित मिति : ९ आश्विन २०७६, बिहीबार  १० : ४३ बजे

सभामुख अर्याल र अष्ट्रेलियाली समकक्षी डिकबीच भेटवार्ता

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्याल र अष्ट्रेलियाली संसद्का सभामुख मिल्टन

मिनेन्द्रले उपसभापतिमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेसको उपसभापतिमा डाक्टर मिनेन्द्र रिजालले उम्मेदवारी दिने भएका

कांग्रेस महाधिवेशनमा उम्मेदवारी दर्ता सुरु

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि

सुनको मूल्य स्थिर : चाँदीको घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य स्थिर रह्यो भने चाँदीको

नेप्सेको प्रमुख कार्यकारी अधिकृत पदका लागि ४ जनाको संक्षिप्त सूची सार्वजनिक, असोज २३ गते अन्तर्वार्ता हुने

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) को रिक्त प्रमुख कार्यकारी