प्रहरीले गोली हानेर समात्यो ४ जना डाँका « Khabarhub

प्रहरीले गोली हानेर समात्यो ४ जना डाँका


९ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधाममा डकैती गर्दागर्दै ४ जना डाँकु पक्राउ परेका छन् ।

बिहीबार विहान करिब ३ः३० बजेतिर जनकपुर उपमहानगरपालिकाको कार्यालय छेउमै रहेको जानकी फर्निसिङ (फर्निचर पसल)मा चोरी गर्दा गर्दै ४ जना डाँकुहरु पक्राउ परेका हुन् ।

गस्तीमा रहेको प्रहरी टोलीले पसलको ताल्चा फुटाइरहेको देखेपछि डाँकाहरुमाथि गोली प्रहार गरेको थियो ।

प्रहरीले गोली प्रहार गर्दा १ जना डाँकु पक्राउ परेका थिए । अरु तीन जनाले प्रहरीमाथि नै कटुवा पेस्तोल तस्र्याएर भाग्न खोजेपछि प्रहरीले थप ३ राउण्ड गोली प्रहार गरेको थियो ।

प्रहरीले गोली चलाएर थप ३ जना डाँकुलाई पनि नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्ने डाँकुहरुमा भारतको सीतामढीका मोहम्मद इलियस, भारतकै बैरगिनियाका मुजिर अन्सार, रौतहत वृन्दावनका गगन पटेल र रौतहटको गौरहका विनोद प्रसाद सिंह छन् ।

प्रहरीले चलाएको गोली लागेर १ जना डाँकु भने घाइते भएका छन् । घाइते हुनेमा रौतहट गौरका विनोद सिंह छन् । सिंहको जनकपुर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिए ।

प्रकाशित मिति : ९ आश्विन २०७६, बिहीबार  ११ : ०३ बजे

विदेशमा सिकेको सीप र ज्ञान मातृभूमिको उन्नयनका निम्ति उपयोग गर्नुपर्छ : परराष्ट्रमन्त्री

काठमाडौं– परराष्ट्रमन्त्री बालानन्द शर्माले प्रवासमा हासिल गरेको ज्ञान, सीप र

यूएईका अमेरिकी अखडामा हमला गर्ने आईआरजीसीको चेतवानी

काठमाडौं- इरानको शक्तिशाली सैन्य दस्ता इस्लामिक रिभोलुसनरी गार्ड कोर आईआरजीसीले

हाफ म्याराथनमा सन्तोषी श्रेष्ठ पहिलो

ललितपुर– महिला सशक्तीकरण तथा स्तन क्यान्सरसम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यसहितको

एमालेले टुंग्यायो १६ जना समानुपातिक सांसद, को-को परे ?

काठमाडौं- नेकपा (एमाले) ले समानुपातिक सांसदको सूची टुंग्याएको छ ।

म्याग्दीको धवलागिरि ३ मा ग्रामीण सरसफाइ आयोजना

म्याग्दी– धवलागिरि गाउँपालिका–३ मुनामा ढल व्यवस्थापन आयोजना निर्माण थालिएको छ