भक्तपुरबाट चोरी भएको मोटरसाइकल हेटौंडामा भेटिएपछि… « Khabarhub

भक्तपुरबाट चोरी भएको मोटरसाइकल हेटौंडामा भेटिएपछि…


९ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

हेटौंडा– राजधानी काठमाडौंमा चोरी हुने मोटरसाइकलहरु तराईंका जिल्लामा लगेर बिक्री हुने गरेको घटना यसअघि नै सार्वजनिक भइसकेको थियो ।

संघीय राजधानी काठमाडौं उपत्यकाका विभिन्न ठाउँबाट चोरी हुने मोटरसाइकलहरु बेला–बेला पूर्वी र पश्चिम तराईंका जिल्लाहरुमा फेला पर्ने गरेका छन् ।

प्रहरीका अनुसार यसरी मोटरसाइकल चोरी गर्नेमा गिरोह नै सक्रिय हुने गरेको छ ।

तर, पछिल्लो समय भने मोटरसाइकल चोरी गर्ने गिरोहभन्दा १ जना व्यक्तिको मात्रै संलग्नता हुने गरेको खुलेको छ ।

मकवानपुर प्रहरीले भक्तपुरको ठिमीमा पार्किङ गरेर राखिएको मोटरसाइकल चोरेर लैजाँदै गरेका एक जनालाई पक्राउ गरेको छ ।

मंगलबार (असोज ७ गते) भक्तपुरको ठिमीमा पार्किङ गरेर राखिएको लु ५४ प ६०९८ नम्बरको मोटरसाइकल चोरी गरेर लैजान लागेका एक युवक पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा रौतहटको चन्द्रपुर नगरपालिका–८ घर भएका १८ वर्षी अविनाश चौधरी छन् ।

चौधरी यसअघि पनि मोटरसाइकल चोरीमा संलग्न रहेको हुनसक्ने प्रहरीको आशंका छ ।

प्रहरीले चौधरीमाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित मिति : ९ आश्विन २०७६, बिहीबार  १२ : ४४ बजे

विदेशमा सिकेको सीप र ज्ञान मातृभूमिको उन्नयनका निम्ति उपयोग गर्नुपर्छ : परराष्ट्रमन्त्री

काठमाडौं– परराष्ट्रमन्त्री बालानन्द शर्माले प्रवासमा हासिल गरेको ज्ञान, सीप र

यूएईका अमेरिकी अखडामा हमला गर्ने आईआरजीसीको चेतवानी

काठमाडौं- इरानको शक्तिशाली सैन्य दस्ता इस्लामिक रिभोलुसनरी गार्ड कोर आईआरजीसीले

हाफ म्याराथनमा सन्तोषी श्रेष्ठ पहिलो

ललितपुर– महिला सशक्तीकरण तथा स्तन क्यान्सरसम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यसहितको

एमालेले टुंग्यायो १६ जना समानुपातिक सांसद, को-को परे ?

काठमाडौं- नेकपा (एमाले) ले समानुपातिक सांसदको सूची टुंग्याएको छ ।

म्याग्दीको धवलागिरि ३ मा ग्रामीण सरसफाइ आयोजना

म्याग्दी– धवलागिरि गाउँपालिका–३ मुनामा ढल व्यवस्थापन आयोजना निर्माण थालिएको छ