मोबाइलमा भएको फोटो डिलिट भयो ? चिन्ता नगर्नुस्, यसरी फेला पार्न सकिन्छ « Khabarhub

मोबाइलमा भएको फोटो डिलिट भयो ? चिन्ता नगर्नुस्, यसरी फेला पार्न सकिन्छ


९ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

तपाईं आफूलाई राम्रो लागेको वा सुरक्षित गर्न चाहेको फोटो डिलिड भएर चिन्तित बन्ने गर्नु भएको छ ? पछिल्लो समय मोबाइल फोनबाट नै फोटो खिच्ने र फोनमा नै राख्नेहरुको धेरै छन् ।

तर कहिले काँही आफूले नचाहँदा नचाहँदै वा झुक्किएर पनि फोटोहरु डिलिड हुन पुग्छन् । तर त्यसको लागि पनि तपाईंले धेरै चिन्ता गर्नु जरुरी छैन । किनकी यसरी हराएका फोटोहरु पुन प्राप्त गर्न सकिन्छ ।

यसरी गर्नुस् फोटो सुरक्षित

मोबाइलमा खिचिएका फोटोलाई सुरक्षित गर्ने केही उपायहरु रहेका छन् । एन्ड्रोइड स्मार्टफोनमा गुगल फोटोज नामक एउटा डिफल्ट एप हुने गर्छ । तपाईँ आफ्नो आवश्यक फोटोहरु यस एपमा अपलोड गर्न सक्नुहुन्छ । यो गुगल एकाउन्टसँग लिंक हुने गर्छ र यसमा भएको फोटो गुगल एकाउन्टको स्टोरेजमा गएर बस्ने छ ।

गुगल एकाउन्टमा रहेको फोटो जहाँबाट पनि लगइन गरेर तपाई हेर्न या डाउनलोड गर्न सक्नुहुन्छ । यदी तपाई आफ्नो स्मार्टफोन परिवर्तन गर्दै हुनुहुन्छ भने पनि यसलाई डाउनलोड गर्न सक्नुहुनेछ । यसपछि त तपाईको फोटो हराउने चिन्ता दूर हुन्छ ।

त्यस्तै अर्को तरिका पनि रहेको छ । तपाईको फोटो डिलिड भएको खण्डमा त्यसलाई रिकोभर वा पुन प्राप्ति का लागि विभिन्न रिकोभर एपहरु र टुलहरुसमेत उपलव्ध छन् ।

तपाईको फोटो हराएको वा डिलिड भएको मोबाइलबाट उक्त फोटो रिकोभर गर्नका लागि तपाईँ गुगल प्लेस्टोरबाट तेस्रो व्यक्तिको एप डाउनलोड गर्नुपर्ने हुन्छ । यो एपको नाम ‘डिस्कदिग्गर’ हो । यसलाई डाउनलोड गरेपछि तपाईँलाई फोटो स्क्यान गर्ने अप्शन आउने छ । यसमा क्लिक गरेको केही समय भित्रै तपाईँको मोबाईलमा यो एपले सबै फोटोहरु खोजेर ल्याउनेछ ।

यसबाट तपाईँलाई जुन फोन चाहिएको हो, त्यो डाउनलोड गर्न सक्नुहुने छ । यसरी तपाईँ आफ्नो पुरानो डिलिट भएको फोटो फेरि प्राप्त गर्न सक्नुहुनेछ । त्यसैले फोटो हराएकोमा चिन्तित बन्ने गर्नु भएको छ भने इन्टरनेटमा त्यस्ता फोटाहरु हराएको खण्डमा कसरी प्राप्त गर्न सकिन्छ भनेर खोजी गर्नुहोस् त्यसबाट पनि केही उपायहरु प्राप्त गर्न सकिन्छ ।

प्रकाशित मिति : ९ आश्विन २०७६, बिहीबार  १ : २३ बजे

निर्वाचनका लागि उपयुक्त वातावरण बनाउन सरकारसँग राजनीतिक दलको आग्रह

काठमाडौं – राजनीतिक दलका प्रतिनिधिहरूले आगामी निर्वाचनका लागि उपयुक्त वातावरण

मकालु आधार शिविर घुम्न गएका पुरुषको लेक लागेर मृत्यु

सङ्खुवासभा – सङ्खुवासभाको मकालु आधार शिविर घुम्न गएका एक पुरुषको

दुर्गा प्रसाईँका सुरक्षागार्ड दीपक खड्का पनि पक्राउ, अभद्र व्यवहारको मुद्दामा अनुसन्धान सुरु

काठमाडौँ- नागरिक बचाउ महाअभियानका अध्यक्ष तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंका

आईसीसी टी२०आई अलराउन्डर वरीयतामा दीपेन्द्र सातौँ स्थानमा झरे

काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले सार्वजनिक गरेको नयाँ टी–२०आई

फ्लाईदुबईले १३ अर्ब डलर बराबरका ७५ विमान खरिद गर्दै

दुबई – कम लागतको एयरलाइन्स फ्लाईदुबईले बुधबार बोइङसँग १३ अर्ब