उपनिर्वाचनका लागि २१ दलले पाए चुनाव चिह्न, नेकपाले ‘सूर्य’मा भोट माग्ने | Khabarhub Khabarhub

उपनिर्वाचनका लागि २१ दलले पाए चुनाव चिह्न, नेकपाले ‘सूर्य’मा भोट माग्ने


९ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निर्वाचन आयोगले आगामी मंसिर १४ गते सम्पन्न हुने उपनिर्वाचनका लागि दर्ता भएका २१ वटा नयाँ दललाई चुनाव चिह्न प्रदान गरेको छ ।

प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका रिक्त पदका लागि हुने निर्वाचनका लागि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)सहितका २१ वटा नयाँ दल दर्ता भएका छन् ।

आगामी मंसिर १४ गते हुने निर्वाचनका लागि सत्तारुढ नेकपाले ‘सूर्य’ चुनाव चिह्न पाएको छ । ‘सूर्य’लाई तत्कालीन नेकपा एमालेले आफ्नो चुनाव चिह्नका रुपमा प्रयोग गर्ने गथ्र्यो ।

२०७४ साल मंसिरमा सम्पन्न निर्वाचनमा सहभागी नभएका, नाम परिवर्तन भएका लगायत दलहरु आगामी उपनिर्वाचनका लागि दर्ता भएपछि नयाँ चुनाव चिह्न प्रदान गरिएको हो ।

तत्कालीन संघीय समाजवादी फोरम र डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिबीच भएको एकीकरण पछि बनेको समाजवादी पार्टीले पनि आगामी उपनिर्वाचन आयोगका लागि दल दर्ता गरेको छ । समाजवादी पार्टीले पाँच औंलासहितको हत्केला चुनाव चिह्न पाएको छ ।

रवीन्द्र मिश्र संयोजक रहेको साझा पार्टीले तराजु चुनाव चिह्न पाएको छ । तत्कालीन विवेकशील साझा फुटेपछि अलग भएको विवेकशील नेपाली दल भने आगामी उपचुनावका लागि आयोगमा दर्ता भएको छैन ।

निर्वाचन आयोगले आगामी मंसिर १४ गते प्रतिनिधिसभा सदस्य पदका लागि १, प्रदेशसभा सदस्य पदका लागि ३, उपमहानगरपालिकाको मेयर पदका लागि १, गाउँपालिकाको अध्यक्ष पदका लागि २, गाउँपालिकाको उपाध्यक्ष पदका लागि १ र स्थानीय तहका विभिन्न वडाका वडाध्यक्षहरुका लागि ४२ ठाउँमा निर्वाचन गर्दै छ ।

प्रकाशित मिति : ९ आश्विन २०७६, बिहीबार  ४ : ०२ बजे

निराश र थकित प्रचण्ड : विशेष महाधिवेशन देखाएर घेराबन्दीलाई कमजोर बनाउने प्रयास

काठमाडौं – जेनजी आन्दोलनपछि पहिलोपटक आइतबार नेकपा माओवादी केन्द्रको पदाधिकारी

‘जेनजी’का माग सम्बोधन गर्न सरोकारवालाको सुझाव

काठमाडौं – सरोकारवालाले ‘जेनजी’ले आन्दोलनमार्फत अघि सारेका माग तत्काल सम्बोधन

नयाँ मन्त्रीहरुको सपथ सोमबार हुने

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् थप विस्तार गर्दै पाँच

सिंहदरबारमा सुजन गुरुङ भन्छन् : संविधान खारेज गर्दा देशमा भारत आउने डर भयो

काठमाडौं — जेन-जी आन्दोलन हाइज्याक गरेको आरोप झेलिरहेका हामी नेपालका

कञ्चनपुर कारागारबाट भागेकामध्ये तीन सय २२ कैदीबन्दी फिर्ता

कञ्चनपुर – ‘जेनजी’ प्रदर्शनका क्रममा कञ्चनपुर कारागारबाट भागेकामध्ये ३२२ जना