उपनिर्वाचनका लागि २१ दलले पाए चुनाव चिह्न, नेकपाले ‘सूर्य’मा भोट माग्ने « Khabarhub

उपनिर्वाचनका लागि २१ दलले पाए चुनाव चिह्न, नेकपाले ‘सूर्य’मा भोट माग्ने


९ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निर्वाचन आयोगले आगामी मंसिर १४ गते सम्पन्न हुने उपनिर्वाचनका लागि दर्ता भएका २१ वटा नयाँ दललाई चुनाव चिह्न प्रदान गरेको छ ।

प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका रिक्त पदका लागि हुने निर्वाचनका लागि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)सहितका २१ वटा नयाँ दल दर्ता भएका छन् ।

आगामी मंसिर १४ गते हुने निर्वाचनका लागि सत्तारुढ नेकपाले ‘सूर्य’ चुनाव चिह्न पाएको छ । ‘सूर्य’लाई तत्कालीन नेकपा एमालेले आफ्नो चुनाव चिह्नका रुपमा प्रयोग गर्ने गथ्र्यो ।

२०७४ साल मंसिरमा सम्पन्न निर्वाचनमा सहभागी नभएका, नाम परिवर्तन भएका लगायत दलहरु आगामी उपनिर्वाचनका लागि दर्ता भएपछि नयाँ चुनाव चिह्न प्रदान गरिएको हो ।

तत्कालीन संघीय समाजवादी फोरम र डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिबीच भएको एकीकरण पछि बनेको समाजवादी पार्टीले पनि आगामी उपनिर्वाचन आयोगका लागि दल दर्ता गरेको छ । समाजवादी पार्टीले पाँच औंलासहितको हत्केला चुनाव चिह्न पाएको छ ।

रवीन्द्र मिश्र संयोजक रहेको साझा पार्टीले तराजु चुनाव चिह्न पाएको छ । तत्कालीन विवेकशील साझा फुटेपछि अलग भएको विवेकशील नेपाली दल भने आगामी उपचुनावका लागि आयोगमा दर्ता भएको छैन ।

निर्वाचन आयोगले आगामी मंसिर १४ गते प्रतिनिधिसभा सदस्य पदका लागि १, प्रदेशसभा सदस्य पदका लागि ३, उपमहानगरपालिकाको मेयर पदका लागि १, गाउँपालिकाको अध्यक्ष पदका लागि २, गाउँपालिकाको उपाध्यक्ष पदका लागि १ र स्थानीय तहका विभिन्न वडाका वडाध्यक्षहरुका लागि ४२ ठाउँमा निर्वाचन गर्दै छ ।

प्रकाशित मिति : ९ आश्विन २०७६, बिहीबार  ४ : ०२ बजे

विदेशमा सिकेको सीप र ज्ञान मातृभूमिको उन्नयनका निम्ति उपयोग गर्नुपर्छ : परराष्ट्रमन्त्री

काठमाडौं– परराष्ट्रमन्त्री बालानन्द शर्माले प्रवासमा हासिल गरेको ज्ञान, सीप र

यूएईका अमेरिकी अखडामा हमला गर्ने आईआरजीसीको चेतवानी

काठमाडौं- इरानको शक्तिशाली सैन्य दस्ता इस्लामिक रिभोलुसनरी गार्ड कोर आईआरजीसीले

हाफ म्याराथनमा सन्तोषी श्रेष्ठ पहिलो

ललितपुर– महिला सशक्तीकरण तथा स्तन क्यान्सरसम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यसहितको

एमालेले टुंग्यायो १६ जना समानुपातिक सांसद, को-को परे ?

काठमाडौं- नेकपा (एमाले) ले समानुपातिक सांसदको सूची टुंग्याएको छ ।

म्याग्दीको धवलागिरि ३ मा ग्रामीण सरसफाइ आयोजना

म्याग्दी– धवलागिरि गाउँपालिका–३ मुनामा ढल व्यवस्थापन आयोजना निर्माण थालिएको छ