डेंगुका बिरामी घटेपनि त्रास घटेन– डा समिर « Khabarhub

डेंगुका बिरामी घटेपनि त्रास घटेन– डा समिर


९ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साउनयता देशभरका विभिन्न जिल्लाहरुमा बढ्दै गएको डेंगुको संक्रमण बिस्तारै घट्दै गएको छ । तर मानिसहरुमा डेंगुको त्रास भने कम भएको छैन ।केही समयअघि सिरिन्ज आक्रमणको त्रास जस्तै अहिले डेंगुको त्रास मानिसहरुमा बढेको पाइन्छ ।

जनस्वास्थ्य विज्ञ डाक्टर रविन्द्र समिरले मानिसहरुमा डेंगु संक्रमण घेटेपनि त्रास नघटेको बताउँछन् । अहिले मानिसहरुको डेंगु एन्जाइटि थपिएको डा रविन्द्रको भनाइ छ ।

डेंगुको संक्रमण र त्रासबारे डा रविन्द्र यस्तो भन्छन्:

डेंगु संक्रमणको प्रकोपको कारण आम जनमानसमा लामखुट्टेले नटोके पनि टोके जस्तै चिटिचिटि दुख्ने, चिलाउने, टाउको दुखेजस्तो लाग्ने, नाप्दा तापक्रम ठिक्क भएपनि ज्वरो आएझैँ लाग्ने, जोर्नी तथा मांशपेशी दुखेजस्तो लाग्ने लगायतका लक्षणहरु देखिएका छन् ।

आफुलाई डेंगु लागेको भ्रम परेर अस्पतालमा जाने, चिकित्सकले डेंगु छैन भने पनि पत्यार नलागेर अर्को चिकित्सकलाई चेक गराउन जाने, अनाबश्यक रगत परीक्षण गर्ने, रगतको रिपोर्ट नर्मल आएमा उक्त ल्याबमाथि शंका गर्ने अनि अर्को ल्याबमा रक्त परीक्षण गर्न जाने, औषधिको गुणस्तरमा शंका लाग्ने लगायतका गतिबिधि पनि यदाकदा भइरहेका छन् ।

संगीतमा पनि लामखुट्टेको आवाज सुन्ने, झिंगा र भुसुनालाई पनि लामखुट्टे देख्ने, सपनामा पनि लामखुट्टे देख्ने आदि लक्षण धेरै व्यक्तिहरुमा पाइन्छ ।

जोसंग कुरा गर्दा पनि डेंगुका कुरा गर्ने, अनलाइन तथा पत्रपत्रिकामा डेंगुका समाचार मात्र पढ्ने,  अनि ती समाचारमा थपथाप गरेर अरुलाई सुनाउने, डेंगी नियन्त्रण गर्न अरुले पहल नगरेको हुँदा भयाबह स्थिति आउने बारे चिन्ता गर्ने,  सबै अस्पताल प्याक भए के गर्ने, रक्तश्राबजन्य डेंगी वा बेहोश हुने किसिमको डेंगी लागेर आफ्नो तथा आफ्ना परिवारजनको मृत्यु हुन्छ कि भनेर आत्तिने तथा आफुलाई असहाय अनुभव गर्ने लगायतका लक्षण पनि देखा परेका छन् ।

यसको निवारणको लागि आफन्त, मित्रमण्डली तथा चिकित्सक र स्वास्थ्यकर्मीको परामर्श आबश्यक हुन्छ,  धेरै चिन्ता, शंका तथा असुरक्षा महसुष गरेमा मनोपरामर्शको सहयोग लिनुपर्ने हुन्छ ।

प्रकाशित मिति : ९ आश्विन २०७६, बिहीबार  ४ : ३४ बजे

आजका समाचार : सरकारका सयदिने उपलब्धिबारे संदनलाई जानकारी, संविधान संशोधनले द्वन्द्व निम्तिने गगनको चेतावनी, ओलीलाई नेतृत्व छाड्न दबाब र हर्मुजमा फेरि तनाव

प्रधानमन्त्रीले गरे निर्माण व्यवसायीसँग छलफल, समस्या समाधान गर्ने प्रतिबद्धताप्रधानमन्त्री वालेन्द्र

टेलिकमको बिलिङ ठेक्कासम्बन्धी मुद्दामा १८ जनालाई सफाइ

काठमाडौं– विशेष अदालतले नेपाल टेलिकमको बिलिङ ठेक्कासम्बन्धी मुद्दामा कम्पनीका तत्कालीन

सेवानिवृत्त मुख्य सचिव अर्यालको बिदाइ, कार्कीलाई स्वागत

काठमाडौं– सेवानिवृत्त मुख्य सचिव सुमनराज अर्याललाई बिदाइ तथा नवनियुक्त मुख्य

‘पदका लागि आफ्नै ससुरासँग भिड्नेले कांग्रेस मिलाउन सक्दैन, नयाँ पार्टीमा चौकिदार हुन्छु’

काठमाडौं- पछिल्लो समय पूर्वसभापति शेरबहादुर देउवा पक्षमा लागेर सम्पर्क कार्यालय

प्रतिनिधिसभाबाट चार विधेयकमा राष्ट्रियसभाका संशोधन स्वीकृत

काठमाडौं- प्रतिनिधिसभाले विभिन्न चार विधेयकमा राष्ट्रियसभाबाट भएका संशोधनलाई स्वीकृत गरेको छ।