साउदी युवराजले लिए पत्रकार खासोग्जी हत्याको जिम्मेवारी « Khabarhub

साउदी युवराजले लिए पत्रकार खासोग्जी हत्याको जिम्मेवारी


९ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– साउदी अरबका युवराज मोहम्मद बिन सलमानले पत्रकार जमाल खासोग्जी हत्याको नैतिक जिम्मेवारी लिएका छन् ।

एक वर्षअघि टर्कीको इस्तानबुलस्थित साउदी महावाणिज्य दूतावासभित्र पत्रकार खासोग्जीको हत्या भएको थियो ।

खासोग्जीको गत वर्षको अक्टोबर २ मा इस्तानबुलमा भएको हत्यामा साउदी युवराजको हात भएको चर्चा भएको भएपनि उनले कुनै प्रतिक्रिया भने जनाएका थिएनन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यम अलजजिराका अनुसार अर्को साता प्रसारण हुने पीबीएस डकुमेन्ट्रीलाई दिएको एक अन्तर्वार्ताका क्रममा सलमानले उक्त घटना आफ्नो शासनमा भएकोले त्यसको जिम्मेवारी आफूले लिने बताएका छन् ।

‘मेरो शासनको समयमा भएकाले म यसको जिम्मेवारी लिन्छु’ युवराजको भनाइ उदृत गर्दै पीबीएसका मार्टिन स्मिथले भनेका छन् । उक्त डकुमेन्ट्री खासोग्जीको हत्या भएको एक वर्ष पुग्नु अघि अक्टोबर एक मा प्रशारण हुँदैछ ।

टर्कीको स्तानबुललमा रहेको साउदी महावाणिज्य दूतावास पुगेका ५९ वर्षीय पत्रकार जमाल खासोग्जीको हत्या भएको थियो । दिउँसो साढे एक बज्नुभन्दा १५ मिनेट अघि प्रेमिका हटिजिया सेन्गिजलाई गेट बाहिर छोडेर खासोग्जी महावाणिज्य दूतावास भित्र प्रवेश गरेका थिए तर उनी फर्किएर आएनन् ।

खासोग्जी अमेरिकाको वासिङटन पोस्टमा स्तम्भ लेख्थे र साउदी अरेविया शासनका कट्टर आलोचक थिए ।

प्रकाशित मिति : ९ आश्विन २०७६, बिहीबार  ५ : ०१ बजे

पानी नीति, आपूर्ति र उपयोग शैली महिलामैत्री बनाउन सुझाव

काठमाडौं– खानेपानी सरसफाइ र स्वच्छताको क्षेत्रमा काम गर्ने विज्ञहरूले नेपालको

श्याम घिमिरेको स्पष्टीकरण : देउवा पक्षका कसैले गगनको राजीनामा मागेका छैनौँ

काठमाडौं– नेपाली कांग्रेसका नेता श्याम घिमिरेले निर्वाचनको परिणामपछि आफूहरू कसैले

ग्यास पाइपलाइन र भण्डारण पूर्वाधार निर्माणको प्रस्ताव भारतसमक्ष प्रस्तुत, प्रत्युत्तरको प्रतीक्षामा निगम

काठमाडौं– इरानमाथि अमेरिका र इजरायलले संयुक्त रूपमा हवाई कारबाही गरेपछि

युक्रेनमा भएको रुसी आक्रमणमा पाँच जनाको मृत्यु

युक्रेन– युक्रेनमा मंगलबार भएको रूसी मिसाइल र ड्रोन आक्रमणको कारण

नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान

काठमाडौं– नबिल बैंक लिमिटेडले ‘ग्लोबल मनी विक’ अभियानअन्तर्गत ११ हजारभन्दा