स्तन क्यान्सर आफै पत्ता लगाउने ७ तरिका « Khabarhub

स्तन क्यान्सर आफै पत्ता लगाउने ७ तरिका


९ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महिलाहरुमा हुने क्यान्सर मध्ये स्तन क्यान्सर दास्रो नम्बरमा रहेको छ ।

नेपालमा ३० देखि ५० वर्ष उमेरका महिलाहरुमा स्तन क्यान्सर बढी देखिएको छ । विवाह पछि सन्तान नभएका, स्तनपान नगराउने महिला १० वर्षसम्म परिवार नियोजनको चक्की तथा हर्मोनको उपयोग गर्ने महिलाहरुमा स्तन क्यान्सरको जोखिम बढी  हुने चिकित्सकहरु बताउँछन् ।

स्तन क्यान्सर शुरुमै पत्ता लागेमा यसको उपचार सम्भव छ । स्तन क्यान्सर भए नभएको महिलाहरु आफैले घरमै पनि परिक्षण गर्न सक्छन् ।

आज हामी तपाईलाई आफैले परीक्षण गरेर स्तन क्यान्सर कसरी पत्ता लगाउने भनेर जानकारी दिँदै छौं । स्तन क्यान्सर छ वा छैन भनेर कपडा फेर्दा वा नुहाउँदा सहजै थापा पाउन सकिन्छ । यस्तै ऐना अगाडि उभिएर वा ओछ्यानमा पल्टेर पनि यो जाँच गर्न सकिन्छ ।

स्तन क्यान्सरको परीक्षण कसरी गर्ने ?

ऐना अगाडि उभिएर

–ऐन अगाडि उभिएर आफ्नो दुबै स्तनलाई हेर्ने । दुबै स्तनको समानता, आकार, बनौट, मुन्टोको अवस्था, छालाको रंग र नरमपनाको फरकपन तथा स्तनको कुनै पनि भागमा रहेको गिर्खालाई ध्यान दिनुस् ।

– दुबै हातलाई माथि उठाएर काखीमा देखापरेको केही परिवर्तनलाई ऐना अगाडि उभिएर हेर्ने ।

– दुबै हातले कम्मरमा हल्का थिचेर ऐना अगाडि हेर्ने । यसो गर्नाले स्तनमा लुकेर बसेका केही परिवर्तन झन् प्रष्ट भएर आउन सक्छ ।

सुतेर

–देब्रे काखीको मुखी एउटा तकिया राख्ने र देब्रे हातलाई टाउको पछाडी राखेर सुत्ने । दाहिने हातको बीचमा तीनवटा औंलाको माथिल्लो एक तिहाई भागले देब्रे स्तनलाई छामेर जाँच गर्ने । यसरी छाम्ने क्रममा घडी घुम्ने तरिकाको उल्टो वा सुल्टो दिशामा क्रमबद्ध रुपमा स्तनको सबै भागको जाँच गर्ने ।

– दाहिने काखीको मुनी तकिया राखेर देब्रे हातले दाहिने स्तनको माथिकै प्रक्रिया अनुसार जाँच गर्ने । अन्तमा स्तनको मुन्टोलाई पालैपालो गरी बुढी औंला र चोर औलाको बीचमा राखेर निर्चोने । स्तनको मुन्टोबाट केी रगत वा फोहोर पदार्थ आँछ की आउँदैन त्यो हेर्ने ।

– स्तनको ५ भाग मध्ये प्रत्येक भागको क्रमबद्ध रुपमा छामेर जाँच गर्ने ।

नुहाउँदा
– नुहाउँदा पनि सरलताका साथ स्तन क्यान्सर छ वा छैन पत्ता लगाउन सकिन्छ । यसका लागि साबुन लगाएको हातले भिजेको स्तनको जाँच गर्न सकिन्छ । देब्रे हातले दाहिने स्तन तथा दाहिने हातले देब्रे स्तनको क्रमबद्ध रुपमा जाँच गर्ने ।

प्रकाशित मिति : ९ आश्विन २०७६, बिहीबार  ७ : ३४ बजे

बाँके निकुञ्ज आउने पर्यटकको सङ्ख्या वृद्धि

नेपालगन्ज – बाँके राष्ट्रिय निकुञ्जमा आउने पर्यटकको सङ्ख्या डेढगुणाले वृद्धि

डढेलोबाट ‘अतुलनीय’ प्राकृतिक क्षति : फिलीप

म्याड्रिड, १० साउन (रासस/एएफपी) – स्पेनका राजा फिलीप छैठौँले आइतबार

बङ्गलादेशमा नयाँ राष्ट्रपतिको चयन सेप्टेम्बरमा हुने

ढाका – बङ्गलादेशले सेप्टेम्बरमा आह्वान हुने संसद्को बैठकले नयाँ राष्ट्रपति

लागुऔषधसहित विभिन्न स्थानबाट २७ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित मुलुकका विभिन्न स्थानबाट २७ जनालाई

चोटका कारण नन्दन यादवले लिग–२ सिरिजका बाँकी खेल गुमाउने

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीव्र गतिका बलर नन्दन