उपरथी शर्माको पदावधि थपिएसँगै सेनापति बन्ने बाटो खुल्यो « Khabarhub

उपरथी शर्माको पदावधि थपिएसँगै सेनापति बन्ने बाटो खुल्यो


९ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली सेनाका उपरथी प्रभुराम शर्माको पदावधि थप भएसँगै प्रधान सेनापति बन्ने बाटो खुलेको छ ।

सेनाका युद्धकार्य महानिर्देशक समेत रहेका उपरथी शर्माको पदावधि १ वर्ष २ महिना १५ दिनका लागी थप भएसँगै सेनापति बन्ने बाटो खुल्ला भएको हो ।

सरकारका प्रवक्ता समेत रहेका सूचना तथा संचारमन्त्री गोकुल बांस्कोटाले मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै उपरथी शर्माको पदावधि थप भएको जानकारी दिए ।

हालका बलाध्यक्षरथी गौरव तण्डुल रथीबाट आगामी वैशाख १९ मा अवकास हुनेछन् । त्यस्तैअर्का रथी शरद गिरीले समेत असार ०६ गते अनिवार्य अवकास पाउनेछन् । रथीद्वय गिरी र तण्डुलको अवकास भएसँगै शर्मा सेनामा प्रधानसेनापति थापापछि वरियतामा दोस्रो नम्बरका जर्नेल बन्नेछन् ।

हालका प्रधानसेनापति पूर्णचन्द्र थापाले २०७८ भदौ २४ मा अनिवार्य अवकास पाएसंगै शर्मा उनको ठाउंमा नेपाली सेनाको प्रधानसेनापति बन्नेछन् । सेनापति थापाले समेत आफ्नो उत्तराधिकारीका रुपमा शर्मालाई नै अघि सारेको बुझिएको छ ।

प्रकाशित मिति : ९ आश्विन २०७६, बिहीबार  ६ : २१ बजे

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका

विगतमा धक्का खाए पनि दुई तिहाइ ल्याउन सक्छौँ : केपी ओली

काठमाडौँ – नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा