पूर्व राष्ट्रपति यादवको उपचार खर्च सरकारले व्यहोर्ने « Khabarhub

पूर्व राष्ट्रपति यादवको उपचार खर्च सरकारले व्यहोर्ने


९ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले पूर्व राष्ट्रपति डा. रामवरण यादवको उपचार खर्च व्यहोर्ने भएको छ ।

यही ७ असोजमा बसेको मन्त्रिपरिषद बैठकले पूर्व राष्ट्रपति यादवको भारतमा उपचार गर्दा लागेको खर्च तिरिदिने भएको हो ।

पूर्व राष्ट्रपति यादवको उपचारमा लागेको खर्च नयाँ दिल्लीस्थित नेपाली दूतावासबाट बिलबमोजिमको रकम भुक्तानी दिइने छ ।

‘भारतको चण्डिगढस्थित अस्पतालमा उपचार गराउँदा लागेको उपचार र उपचारसँग सम्बन्धित बिलबमोजिमको रकम नयाँ दिल्लीस्थित नेपाली दूतावासबाट भुक्तानी दिने निर्णय गरिएको छ ।’ मन्त्रिपरिषद निर्णयमा भनिएको छ ।

प्रोस्टेट क्यान्सरबाट पीडित पूर्व राष्ट्रपति यादव चण्डिगढस्थित स्नातकोत्तर चिकित्सा शिक्षा एवं अनुसन्धान संस्थान ‘पीजीआईएमएईआर’ अस्पतालमा दुई साताअघि उपचार गरेर स्वदेश फर्किएका थिए ।

अहिले आफ्नै निवासमा आराम गरिरहेका उनले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको खबरहबलाई जानकारी दिएका छन् ।

प्रोस्टेट क्यान्सरको नियमित उपचारअनुसार यस पटक भारतमा गरिएको उपचार खर्च भने सरकारले व्यहोर्ने निर्णय गरेको उनले बताए ।

प्रकाशित मिति : ९ आश्विन २०७६, बिहीबार  ७ : १० बजे

विदेशमा सिकेको सीप र ज्ञान मातृभूमिको उन्नयनका निम्ति उपयोग गर्नुपर्छ : परराष्ट्रमन्त्री

काठमाडौं– परराष्ट्रमन्त्री बालानन्द शर्माले प्रवासमा हासिल गरेको ज्ञान, सीप र

यूएईका अमेरिकी अखडामा हमला गर्ने आईआरजीसीको चेतवानी

काठमाडौं- इरानको शक्तिशाली सैन्य दस्ता इस्लामिक रिभोलुसनरी गार्ड कोर आईआरजीसीले

हाफ म्याराथनमा सन्तोषी श्रेष्ठ पहिलो

ललितपुर– महिला सशक्तीकरण तथा स्तन क्यान्सरसम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यसहितको

एमालेले टुंग्यायो १६ जना समानुपातिक सांसद, को-को परे ?

काठमाडौं- नेकपा (एमाले) ले समानुपातिक सांसदको सूची टुंग्याएको छ ।

म्याग्दीको धवलागिरि ३ मा ग्रामीण सरसफाइ आयोजना

म्याग्दी– धवलागिरि गाउँपालिका–३ मुनामा ढल व्यवस्थापन आयोजना निर्माण थालिएको छ