विश्वको सवैभन्दा स्वस्थ देश स्पेन, भारतको अवस्था नेपालको भन्दा पनि दयनीय « Khabarhub

विश्वको सवैभन्दा स्वस्थ देश स्पेन, भारतको अवस्था नेपालको भन्दा पनि दयनीय


१४ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वको सबैभन्दा स्वस्थ देशको सूची सार्वजनिक भएको छ ।

जसको पहिलो नम्बरमा स्पेन परेको छ भने दोस्रो नम्बरमा इटली परेको छ ।

विश्वभरका १६९ देशको स्वास्थ्य सम्बन्धी मूल्यांकन गर्दैं यो सूची सार्वजनिक भएको छ ।

ब्लुमबर्ग हेल्दिएस्ट कन्ट्री इन्डेक्स २०१९ ले विश्वका १६९ देशको स्वास्थ्य अवस्थाको अध्ययन गरिएको रिपोर्टमा जनाइएको छ । ति देशले स्वास्थ्य क्षेत्रमा गरेको लगानीको समेत अध्ययन गरिएको थियो ।

यो सूचीमा दक्षिण एशियाको सबैभन्दा माथि श्रीलंका रहेको छ । श्रीलंका सूचीको ६६ औं स्थानमा रहेको छ भने बंगलादेश ९१ औं स्थानमा रहेको छ ।

ब्लुमबर्ग हेल्दिएस्ट कन्ट्री इन्डेक्स २०१९ अनुसार नेपाल ११० औं स्थानमा रहेको छ भने भारतको स्थिति नेपालको भन्दा कमजोर देखिएको छ । भारत सूचीको १२० औं स्थानमा रहेको छ ।

स्वास्थ क्षेत्रमा चीनको लागनी र स्वास्थ्यको अवस्था सुधारउन्मुख रहेको छ । चीन सूचीको ५२ औं नम्बरममा रहेको छ ।

ब्लुमबर्ग हेल्दिएस्ट कन्ट्री इन्डेक्स २०१९ ले विश्वका १६९ देशयसमा सामेल भएका थिए । यसमा केही फ्याक्टर्सको रुपमा ध्यान दिएको थियो । जसमा सम्बन्धित देशका मानिसहरुको स्वास्थ्य अवस्था, संक्रमण, गैर संक्रमण रोगबाट हुने मृत्यु तथा अनुमानित जीवनकाल जस्ता कुरालाई ध्यान दिइएको थियो ।

विश्वका सबैभन्दा ३० अस्वस्थ देशमध्ये २७ अफ्रिकी देश छन् । त्यसबाहेक हैटी, अफगानिस्तान तथा यमन रहेका छन् ।

प्रकाशित मिति : १४ फाल्गुन २०७५, मंगलबार  १२ : ०९ बजे

आलोचनापछि मृत्युदण्डको प्रत्यक्ष प्रसारण गर्ने योजना रोके ट्रम्पले

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सैन्य आधारमा गोली हानेर मृत्युदण्ड

नबिल बैंकको नबिल भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा

काठमाडौं– नबिल बैंक लिमिटेडले ग्राहकहरूको डिजिटल बैंकिङ अनुभवलाई थप सहज

काठमाडौँका पर्यटकीय क्षेत्रमा चहलपहल (तस्बिरहरू) 

काठमाडौँ– भोटेकोशी र बुढिगण्डकी बाढी पछि पनि नेपालमा पर्यटक आगमनको

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न पूर्वसूचना प्रणाली जडान

कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ मा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न पूर्वसूचना

ए‍क सय १९ सशस्त्र प्रहरी जवान दीक्षित

नारायणगढ – चितवनको कुरिनटारस्थित सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन