नेपाली क्रिकेट जोगाउँन मेरो उम्मेद्वारी : पूर्व प्रशिक्षक टमटा | Khabarhub Khabarhub

नेपाली क्रिकेट जोगाउँन मेरो उम्मेद्वारी : पूर्व प्रशिक्षक टमटा


९ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व प्रशिक्षक जगत टमटाले नेपाल क्रिकेट संघ (क्यान) को निर्वाचनमा सदस्यमा उठ्ने बताएका छन् ।

काठमाडौंमा भोलि (शुक्रबार) र शनिबार हुने साधारण सभाबाट नयाँ नेतृत्वका लागि गरिने क्यानको निर्वाचनमा पूर्व प्रशिक्षक टमटाले सदस्य पदका लागि उम्मेद्वारी दिने बताएका हुन् ।

नेपाली क्रिकेट जोगाउनका लागि आफूले उम्मेद्वारी दिन लागेको उनले बताए ।

‘मलाई नेपाली क्रिकेट जोगाउँनु छ । त्यसैका लागि म सदस्यमा उठ्छु । मैले ३० वर्ष नेपाली क्रिकेटमा समय बिताएँ ।’, खबरहबसँग उनले भने, खेलाडी र प्रशिक्षक भएर बिताएँ, अब म प्रशासनमा आउन चाहन्छु ।’

क्यानको नेतृत्व लिनका लागि दुई पक्षले नेतृत्व दावेदारी पेश गरिसकेका छन् । क्यानका पूर्व अध्यक्ष्य तथा स्वतन्त्र कमिटीका सल्लाहकारसमेत रहेका विनयराज पाण्डे र निर्वाचित क्यानका पूर्व अध्यक्ष चतुरबहादुर चन्द क्यानको अध्यक्षका लागि दाबेदारी प्रस्तुत गरेका छन् ।

प्रकाशित मिति : ९ आश्विन २०७६, बिहीबार  १० : ३० बजे

हैदरावादविरुद्ध चेन्नई सुपर किंग्सको उत्कृष्ट जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादविरुद्ध चेन्नई

बझाङमा एमालेको अग्रता कायमै, मतान्तर घटाउँदै कांग्रेस

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

इलाम–२ मा सुहाङले कटाए ४ हजार मत, चुलाचुलीको गणना सुरु

इलाम – इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास

काठमाडौं । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज

बझाङमा दुई पालिकाको मतगणना सकियो, कसको कति ?

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी