अघिल्लो चरणमा पुग्ने नेपालको गणितीय सम्भावना, यस्तो छ हिसाव « Khabarhub

अघिल्लो चरणमा पुग्ने नेपालको गणितीय सम्भावना, यस्तो छ हिसाव


१४ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आइसिसी टी–२० महिला विश्वकप क्रिकेटअन्तर्गत एशिया क्षेत्र छनोटमा नेपाल अघिल्लो चरणमा पुग्ने सम्भावना कमजोर बनेको छ । थाइल्याण्डमा जारी उक्त छनोट प्रतियोगिताको विजेता टोली अघिल्लो चरणमा पुग्नेछ ।

प्रतियोगितामा पाँच खेल खेलेको नेपालले चार खेलमा जित तथा एउटा खेलमा हार ब्यहोर्दै आठ अङ्क जोडेर तालिकाको तेस्रो स्थानमा छ । आयोजक थाइल्याण्ड भने पाँचवटामै जित निकाल्दै १० अङ्कका साथ शीर्ष स्थानमा रहेको छ ।

नेपालका लागि थाइल्याण्डसँगको हार अघिल्लो चरण प्रवेशका लागि बाधक बन्ने देखिन्छ । ‘क्वालिफायर’मा युएईले पनि पाँच खेलमा चार खेल जित्दै आठ अङ्क जोडेको छ । नेपाल थाइल्याण्डसँग पराजित भएको थियो भने युएइ नेपालसँग पराजित भएको थियो । समान अङ्क भए पनि रनरेटको आधारमा युएई दोस्रो र नेपाल तेस्रो स्थानमा छन् ।

अब लिगको अन्तिम खेलमा थाइल्याण्ड र युएईबीच खेल हुनेछ । यस्तै नेपालले कुवेतसँग खेल्नेछ । अब नेपाल छनोट हुने सम्भावना भनेको गणितीय हिसाबमा मात्र बाँकी छ । थाइल्याण्ड र युएईबीच हुने खेल युएईले झिनो अन्तरले जित्न सके र नेपालले कुवेतलाई फराकिलो अन्तरमा पराजित गर्नसके मात्र नेपाल अघिल्लो चरण पुग्नेछ ।

नेपालले कुवेतलाई फराकिलो अन्तरले पराजित गर्ने अनी थाइल्याण्डलाई पनि युएईले पराजित गरेमा तीन टोलीको समान १० अङ्क हुनेछ । यस्तो अवस्थामा राम्रो रनरेट हुने टोली पहिलो बन्दै टि–२० र ५० ओभर दुवैको ग्लोबल क्वालिफायरमा पुग्नेछ । यस्तो अवस्थामा नेपालले बुधबार हुने खेलमा कुवेतलाई फराकिलो अन्तरले हराउनेपर्ने हुन्छ भने थाइल्याण्डको हारको कामना पनि गर्नुपर्नेछ ।

छनोटमा नेपाल, थाइल्याण्ड, युएई, मलेशिया, कुवेत, चीन र हङकङले खेलिरहेका छन् । एशियाली राष्ट्रका लागि सन् २०२० मा हुने टि–२० विश्वकप र २०२१ मा हुने ५० ओभरको विश्वकपका लागि शुरुआती खुड्किलोको रूपमा रहेको यो प्रतियोगिता रहेको छ ।

नेपाली टोलीका मुख्य प्रशिक्षक विनोद दासले थाइल्याण्डसँगको हार नेपालका लागि छनोटमा बाधक बनेको प्रतिक्रिया दिए । “यो पटक हामीलाई थाइल्याण्डसँग अघिल्लो महिना बेहोरेको हारको बदला लिने अवसर थियो, त्यसमा सफल हुन नसक्दा ग्लोबल क्वालिफायर छनोट कमजोर बन्यो”, दासले भने ।

नेपाल महिला राष्ट्रिय टोली अघिल्लो महीना थाइल्याण्डमै भएको टि–२० स्म्यास क्रिकेटको फाइनलमा पनि थाइल्याण्डसँगै पराजित हुँदै उपविजेतामा सीमित बनेको थियो । समूह चरणमा अपराजित रहँदै नेपालले फाइनलमा थाइल्याण्डसँग प्रतिस्पर्धा गरेको थियो ।

अहिलेसम्मको खेल तालिका यस प्रकार रहेको छ ।

टोली खेल जित हार अङ्क नेट रनरेट
थाइल्याण्ड ५ ५ ० १० ३.४४९
संयुक्त अबर इमिरेट्स (युएई) ५ ४ १ ८ १.८४३
नेपाल ५ ४ १ ८ ०.३४५
चीन ६ ३ ३ ६ ०.३३७
हङकङ ५ १ ४ २ –०.६५३
मलेसिया ५ १ ४ २ –१.८७९
कुवेत ५ ० ५ ० –३.७५३

प्रकाशित मिति : १४ फाल्गुन २०७५, मंगलबार  १२ : २७ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले