भाग्यमानी हुन चाहिने ५ गुण, तपाईंसँग कुन कुन छन् ? « Khabarhub

भाग्यमानी हुन चाहिने ५ गुण, तपाईंसँग कुन कुन छन् ?


१४ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

मेहनतीको भाग्य सँधै चम्किलो हुन्छ । अर्थात मेहनत गर्ने मान्छे नै भाग्यमानी हुन्छन् । भाग्यमामात्र भर पर्दा आफ्ना इच्छा, चाहाना र आकांक्षा पूरा नहुन सक्छन् ।

तर, विभिन्न धर्मग्रन्थमा समावेश आख्यानका अनुसार भाग्यमानी हुनका लागि पनि आवश्यक गुण चाहिन्छ । महाभारतमा विदुरले भनेका छन्–यदी कुनै मासिनको जीवनमा तल उल्लेखित ५ कुराहरु छन् भने उ भाग्यमानी हो ।

धन, निरोगी शरीर, सुन्दर पत्नी, आज्ञाकारी पुत्र र धनप्राप्त गर्ने विद्या यी ५ कुराले मानिसलाई सुख दिन्छ ।

धन : जीवन सुखसँग चल्नको लागि धन सम्पत्ति हुनु अति आवश्यक छ । बिना धन सम्पत्ति न नाम रहन्छ, न मान सम्मान नै मिल्छ । न त दैनिक गुजारा नै चल्छ । पाइला पाइलामा धनको आवश्यक पर्छ । त्यसैले धन भयो भने सुख प्राप्त गर्न सहज हुन्छ ।

निरोगी शरीर : भनिन्छ स्वास्थ्य नै धन हो । जीवनमा सुखी रहन शरीर स्वस्थ हुनु अत्यन्तै जरुरी छ । यदी शरीरमा कुनै रोग छ भने सँधै त्यसले पिरोल्छ र कुनै पनि काम गर्न कठिन हुन्छ । राम्रो सँग कुनै पनि काम समेत सकिदैन । स्वस्थ्य शरिर छ भने जता गएर पनि तपाईं भनेजस्तो काम गर्न सक्नुहुन्छ ।

सुन्दर पत्नी : महाभारतमा महात्मा विदुरले भनेका छन- सुन्दर श्रीमती हुनु पनि एक प्रकारको सुख हो । कारण घरमा सुन्दर पत्नी हुनाले तपाईंको ध्यान बाहिर भड्किदैन । घरमा श्रीमतीसँग हुने व्यवहारबाट तनाब मुक्त भएपछि तपाइको अन्य बाहिरका अन्य व्यक्तिसँग सम्बन्ध रहँदैन र अनेकौ समस्याबाट बच्न सक्नु हुन्छ ।

आज्ञाकारी पुत्र : सबैभन्दा ठूलो समस्या सन्तान हो । सन्तान यदी गलत बाटोमा गयो भने यसको दोष बुबा आमालाई जान्छ । सन्तान विद्वान् र ज्ञानी हुन भनेको वपन ठूलो सुख हो ।

धन प्राप्त गर्ने विद्या : पैसा भन्ने कुरा त आउँछ जान्छ यो संसारकै नियम हो । कतिपय मानिस आफ्नो भएको पैतृक सम्पत्ति अनियन्त्रित रुपले खर्च गर्छन् र कंगाल बन्छन् । यस्तो स्थितिबाट बच्नको लागि तपाई पनि ज्ञान हुनु जरुरी छ । अर्कातिर तपाईंसँग कला छ विद्या छ र तपाईंको व्यवसाय राम्रो छ भने निरन्तर पैसा कमाउन सक्नुहुन्छ र तपाईं खुसी रहन सक्नुहुन्छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०७५, मंगलबार  १२ : ४३ बजे

किसानका घरआँगनमा कृषिमन्त्री चौधरी

रुपन्देही– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रुपन्देही, कपिलवस्तु र

एलिनाको पसलको घर किनेको हल्लामा विष्णुको जवाफ- ‘समाचार पढेर मात्रै थाहा पाएँ’

काठमाडौं– गायिका एलिना चौहान र उनका पूर्वपति विष्णु सापकोटाको सम्बन्ध

फ्रान्समा विद्यार्थी प्रदर्शन चर्किँदै, सयौँ विद्यालय प्रभावित

पेरिस– फ्रान्समा पछिल्ला केही दिनदेखि विद्यालयका विद्यार्थीले विभिन्न माग राख्दै

जितियाको निराहार व्रत समापन

काठमाडौं– सन्तानको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामनासहित महिलाले मनाउने जितिया

मन्त्री श्रेष्ठद्वारा हेटौँडा ढल्केकर ४०० केभी प्रसारण लाइनको निरीक्षण

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले हेटौँडा–ढल्केबर ४०० केभी