भाग्यमानी हुन चाहिने ५ गुण, तपाईंसँग कुन कुन छन् ? « Khabarhub

भाग्यमानी हुन चाहिने ५ गुण, तपाईंसँग कुन कुन छन् ?


१४ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

मेहनतीको भाग्य सँधै चम्किलो हुन्छ । अर्थात मेहनत गर्ने मान्छे नै भाग्यमानी हुन्छन् । भाग्यमामात्र भर पर्दा आफ्ना इच्छा, चाहाना र आकांक्षा पूरा नहुन सक्छन् ।

तर, विभिन्न धर्मग्रन्थमा समावेश आख्यानका अनुसार भाग्यमानी हुनका लागि पनि आवश्यक गुण चाहिन्छ । महाभारतमा विदुरले भनेका छन्–यदी कुनै मासिनको जीवनमा तल उल्लेखित ५ कुराहरु छन् भने उ भाग्यमानी हो ।

धन, निरोगी शरीर, सुन्दर पत्नी, आज्ञाकारी पुत्र र धनप्राप्त गर्ने विद्या यी ५ कुराले मानिसलाई सुख दिन्छ ।

धन : जीवन सुखसँग चल्नको लागि धन सम्पत्ति हुनु अति आवश्यक छ । बिना धन सम्पत्ति न नाम रहन्छ, न मान सम्मान नै मिल्छ । न त दैनिक गुजारा नै चल्छ । पाइला पाइलामा धनको आवश्यक पर्छ । त्यसैले धन भयो भने सुख प्राप्त गर्न सहज हुन्छ ।

निरोगी शरीर : भनिन्छ स्वास्थ्य नै धन हो । जीवनमा सुखी रहन शरीर स्वस्थ हुनु अत्यन्तै जरुरी छ । यदी शरीरमा कुनै रोग छ भने सँधै त्यसले पिरोल्छ र कुनै पनि काम गर्न कठिन हुन्छ । राम्रो सँग कुनै पनि काम समेत सकिदैन । स्वस्थ्य शरिर छ भने जता गएर पनि तपाईं भनेजस्तो काम गर्न सक्नुहुन्छ ।

सुन्दर पत्नी : महाभारतमा महात्मा विदुरले भनेका छन- सुन्दर श्रीमती हुनु पनि एक प्रकारको सुख हो । कारण घरमा सुन्दर पत्नी हुनाले तपाईंको ध्यान बाहिर भड्किदैन । घरमा श्रीमतीसँग हुने व्यवहारबाट तनाब मुक्त भएपछि तपाइको अन्य बाहिरका अन्य व्यक्तिसँग सम्बन्ध रहँदैन र अनेकौ समस्याबाट बच्न सक्नु हुन्छ ।

आज्ञाकारी पुत्र : सबैभन्दा ठूलो समस्या सन्तान हो । सन्तान यदी गलत बाटोमा गयो भने यसको दोष बुबा आमालाई जान्छ । सन्तान विद्वान् र ज्ञानी हुन भनेको वपन ठूलो सुख हो ।

धन प्राप्त गर्ने विद्या : पैसा भन्ने कुरा त आउँछ जान्छ यो संसारकै नियम हो । कतिपय मानिस आफ्नो भएको पैतृक सम्पत्ति अनियन्त्रित रुपले खर्च गर्छन् र कंगाल बन्छन् । यस्तो स्थितिबाट बच्नको लागि तपाई पनि ज्ञान हुनु जरुरी छ । अर्कातिर तपाईंसँग कला छ विद्या छ र तपाईंको व्यवसाय राम्रो छ भने निरन्तर पैसा कमाउन सक्नुहुन्छ र तपाईं खुसी रहन सक्नुहुन्छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०७५, मंगलबार  १२ : ४३ बजे

देश परिवर्तनको यात्रामा सहकार्य गराैँ : महामन्त्री पौडेल

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले देश परिवर्तनको यात्रामा

निर्वाचन निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न हुनुपर्छः राष्ट्रपति पौडेल

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले आगामी निर्वाचन निष्पक्ष, स्वतन्त्र र भयरहित

अहिलेको प्रमुख दायित्व निर्वाचन सुरक्षाः आईजीपी अर्याल

काठमाडौँ- सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक राजु अर्यालले अहिलेको प्रमुख

‘निर्वाचनमा एक थोपो रगत बग्नु भएन, कोही घाइते हुनु भएन’

काठमाडौँ –प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा दिगो स्थायित्व कायम गर्न सरकारले

आइएसका उच्च सदस्यसहित कुख्यात युरोपेली अपराधीलाई सिरियाबाट इराकमा स्थान्तरण

बग्दाद – यो हप्ता सिरियाबाट इराकमा स्थानान्तरण गरिएको इस्लामिक स्टेट