संघीय संसद भवनमा सुविधा सम्पन्न चमेनागृह, ‘हलाल’ खानाको पनि व्यवस्था « Khabarhub

संघीय संसद भवनमा सुविधा सम्पन्न चमेनागृह, ‘हलाल’ खानाको पनि व्यवस्था


१४ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र विकास समितिमा सुविधा सम्पन्न चमेनागृहको निर्माण शुरु भएको छ ।

शहरी विकास मन्त्रालयले ६ महीनामा निर्माण सम्पन्न गर्ने गरी काम अघि बढाएको हो । हाल यो भवन सङ्घीय संसद् सचिवालयलाई भाडामा दिइएको छ ।

करीब ९८३ वर्गमिटर क्षेत्रफल ओगट्ने चमेनागृहमा १८६ क्षमताको ‘डायनिङ हल’समेत निर्माण हुनेछ । मुस्लिम समुदायका लागि हलाल खानाको व्यवस्था भान्छाघरमा हुने प्रबन्ध मिलाइएको कार्यक्रममा जानकारी गराइयो । रु दुई करोड ७८ लाख लागतमा निर्माण हुन लागेको चमेनागृहको शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले शिलान्यास गरे । उनले तोकिएको समयमा निर्माण सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिए ।

छ महीनामा निर्माण सम्पन्न नभए निर्माण कम्पनी र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र विकास समितिका कर्मचारीलाई कारवाही गर्ने मन्त्री राईको चेतावनी थियो । समयमै काम सक्नेलाई पुरस्कृत गरिने र काममा ढिलाइ गर्नेलाई कडा कारवाही गर्ने नीति सरकारले लिएको उनको भनाइ थियो ।

प्रकाशित मिति : १४ फाल्गुन २०७५, मंगलबार  १ : ५२ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।