त्रिविको लापरवाही– परीक्षा दिएका ६९ विद्यार्थीको उत्तरपुस्तिका कहाँ हरायो ? | Khabarhub Khabarhub

त्रिविको लापरवाही– परीक्षा दिएका ६९ विद्यार्थीको उत्तरपुस्तिका कहाँ हरायो ?


१४ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– देशकै जेठो विश्वविद्यालय त्रिभूवन विश्वविद्यालयमा समस्या चाङ् रहेका छन् । अधिकांश जसो विद्यार्थीले केही न केही समस्या भोगिरहेका हुन्छन् । विश्वविद्यालयका कर्मचारीको लापरवाहीले विद्यार्थीले भोग्ने समस्या धेरै भएपनि त्यसको समाधानमा भने विश्वविद्यालयले वेवास्ता गर्दै आएको छ ।

त्रिभूवन विश्वविद्यालयले २०७४ सालको बिबीएस तेस्रो वर्षको नतिजा प्रकाशन गर्दा सिन्धुली बहुमुखी क्याम्पसमा अध्ययनरत ६९ विद्यार्थीको उत्तरपुस्तिका नै हराएको भन्दै पुनःपरीक्षा दिनुपर्ने सूचना निकाल्यो ।

परीक्षाको नतिजा सार्वजनिक गर्ने बेलामा पुनःपरीक्षा गराउनुले विद्यार्थीको भविष्यमाथि खेलवाड गरिएको भन्दै विद्यार्थीले त्यसको विरोध जनाए पनि पुनःपरीक्षा दिन बाध्य भए ।

पशुपति बहुमुखी क्याम्पसबाट स्नातक दोस्रो वर्षको नियमित परीक्षा दिएका सिन्धुपाल्चोकका गणेश दाहालको २०७४ मा परीक्षाफल प्रकाशित हुँदा चार विषयमा उतीर्ण र एउटा अनुपस्थित भनेर नतिजा आएपछि उनी छक्कै परे ।

नियमित पाँचवटै विषयको परीक्षा दिएका उनले एउटा विषयमा अनुपस्थित रहेको भन्ने जानकारी पाएपछि परीक्षामा सामेल भएको हाजिर र मार्क्सिटसहित त्रिवि परीक्षा नियन्त्रण कार्यालयमा धाए तर, त्रिविले वास्ता नगरेपछि उनले हेलो सरकारमा उजुरी दिए । उजुरीपछि त्रिविले परीक्षाको उत्तरपुस्तिका हराएको स्वीकार गर्दै खोजी गर्ने आश्वासन दियो । तर परीक्षा दिएको एक वर्षसम्म पनि यसको अत्तोपत्तो छैन ।

त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयमा यस्तै समस्या लिएर पुगेका थिए, जनकपुरका श्यामसुन्दर यादव । उनकी छोरी चन्द्रिका कुमारीले स्नातक परीक्षा पास गरिन्, मार्कसिटमा पनि पास भएकै आयो तर, ट्रान्सक्रिप्टमा गयल अर्थात ‘एब्सेन्ट’ देखायो ।

छोरीको बिगे्रको लब्धाङ्कपत्र सच्याएर ट्रान्सक्रिप्ट लिन बल्खु धेरैपटक गए । तर कर्मचारीले पनि राम्रोसँग नबुझाएको र हैरानी खेप्नुपरेको उनको भनाइ छ । माथिका घटना त केही प्रतिनिधिमूलक मात्र हुन् । परीक्षा नियन्त्रण कार्यालय बल्खुकै गल्तीका कारण विद्यार्थीले हैरानी मात्रै खेप्नुपरेको छैन, उनीहरूको भविष्य नै अन्योलमा पर्ने अवस्था सिर्जना हुन पुगेको छ ।

हाजिरीसहित परीक्षा दिँदा पनि नतिजा नआएर परीक्षा नियन्त्रण कार्यालय पुग्ने सयौं विद्यार्थीलाई तपाईँको उत्तरपुस्तिका हराएको छ, फेरि परीक्षा दिनुहोस् भन्दै कर्मचारीले पन्छाउने गरेका छन् । त्रिभुवन विश्वविद्यालय, देशभरीका अधिकांश विद्यार्थीकोे भविष्य जोडिएको ठाउँ पनि हो ।

देशको पुरानो यो विश्वविद्यालयबाट मान्यताप्राप्त देशका विभन्न भू–भागमा सोही अन्तर्गतका क्याम्पस सञ्चालनमा छन् । परीक्षा नियन्त्रण कार्यालय बल्खुका परीक्षा नियन्त्रक पुष्पराज जोशीले उत्तरपुस्तिका हराएको स्वीकार गर्दै खोजी भइरहेको बताए । ‘उत्तरपुस्तिका खोजी गरिरहेको छौं । अहिलेसम्म फेला परेको छैन, फेला परेपछि सम्पर्क गर्ने छौं ।”

परीक्षा नियन्त्रण कार्यालयले सङ्गठन तथा शैक्षिक प्रशासनसम्बन्धी नियम २०५० मा रहेर विद्यार्थी तथा सङ्गठनभित्रका थुप्रै कार्य गर्नेगर्दछ । यस शाखालाई जिम्मेवारीको हिसाबले विद्यार्थीसँग सबैभन्दा नजिक रहेर विद्यार्थीको कार्यसम्पादन गर्नुपर्ने केन्द्र भनेर बुझ्न सकिन्छ । तर यस्तो जिम्मेवार निकायको सानो गल्तीका कारण सयौँ विद्यार्थीको भविष्य अन्योल बनेको छ ।

परीक्षा नियन्त्रण कार्यालयबाट हुने कार्य ट्रान्सक्रिप्ट वितरणको हैरानी त छदैछ, त्यहाँ भएका कमी कमजोरीका कारण रजिस्ट्रेशन नम्बर पनि गलत आउँदा तथा उत्तरपुस्तिका हराउनु लगायतका थुप्रै हैरानी विद्यार्थीले नै खेप्ने गरेका छन् । “देशको सबैभन्दा पुरानो त्रिभुवन विश्वविद्यालयमा बेथितिको जालो वर्णन गरी साध्य छैन । अझै त्रिविकै परीक्षा नियन्त्रण कार्यालय बल्खु त विद्यार्थीको ट्रान्सक्रिप्ट, मार्कसिट, रजिस्ट्रेशन र उत्तरपुस्तिका सन्र्दभमा कर्मचारीको चरम लापरवाहीदेखि धाकधम्कीसम्मको सामना गर्नुपर्ने हुन्छ”–एक विद्यार्थीले भने ।

हरेक वर्ष परीक्षाफल प्रकाशित हुँदा परीक्षा दिँदा अनुपस्थित भनेर बल्खुमा गुनासो गर्न आउनेको सङ्ख्या निकै देखिन्छ । कसैको ट्रान्सक्रिप्टमा, कसैको रजिस्ट्रेशन नम्बर फरक, त कसैको नाम नै गलत आउने गर्दछ । परीक्षा नियन्त्रण कार्यालयले गरेका यस्ता गल्तीको विद्यार्थी स्वयंम आफैले पुनः शुल्क तिरेर सच्याउनुपर्ने अवस्था छ ।

विद्यार्थीले नगरेका गल्तीमा पनि पुनःशुल्क तिर्नुपर्ने तर पनि सजिलासँग काम नहुने गरेको अवस्था त्रिविविमा रहेका छन् । यति मात्र होइन, त्रिविमा विचौलिया प्रवृति पनि फस्टाउँदै गएको छ ।
देशकै पुरानो र ठूलो विश्वविद्यालयको परीक्षा नियन्त्रण शाखाले कर्मचारी व्यवस्थापनलाई सबल, सुदृढ र प्रभावकारी बनाउनुपर्ने आवश्यकता छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०७५, मंगलबार  २ : ०४ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर