अब तरकारी खेतीमा डोजर लगाउने अवस्था आउँदैन : मन्त्री खनाल « Khabarhub

अब तरकारी खेतीमा डोजर लगाउने अवस्था आउँदैन : मन्त्री खनाल


१४ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले किसानहरुलाई पनि परिचय पत्र वितरण गर्ने योजना अघि सारेको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनालले कृषि उत्पादनलाई बढाउन आवश्यक सहुलियतको व्यवस्था गर्ने गरी किसानहरुलाई आगामी आर्थिक वर्षबाट परिचय पत्र वितरण गर्ने योजना तय गरिएको जानकारी दिएका हुन् ।

मंगलबार संघीय संसदको राष्ट्रिय सभाको बैठकमा सांसदहरुसँगको ‘प्रश्नोत्तर’ कार्यक्रमका बोल्दै उनले दुध पोख्नु नपर्ने र तरकारी खेतीमा डोजर लगाउने अवस्था आउन नदिन सरकारले अल्पकालीन र दीर्घकालीन योजना तय गरेको दावी पनि गरे ।

मन्त्री खनालले पाँच वर्ष भित्र कृषि उत्पादनमा दोब्बर वृद्धि गर्ने लक्ष्य पूरा गर्न सरकारले प्रधानमन्त्री कृषि परियोजना कार्यक्रमलाई तीव्रताका साथ अघि बढाउन चाहेको पनि स्पष्ट पारे ।

उनले कृषि उत्पादनलाई दोब्बर बनाउने सरकारको नीति तथा कार्यक्रम अनुसार किसानहरुलाई अनुदान, वीउ, मल, सिँचाईलगायतका सुविधा उपलब्ध गराउने योजना पनि अघि सारिएकोस्पष्ट पारे ।

बैठकमा सांसदहरु राधेश्याम अधिकारी, तारादेवी भट्ट, रामनारायण बिडारी, विमला पौडेल राई, बद्री पाण्डे, अनिता देवकोटा, कमला कुमारी ओलीले कृषि उत्पादनलाई दोब्बर बनाउने र यसको निर्यात् व्यापारलाई बढाउन सरकारको आवश्यक योजना के छ ? भनि मन्त्री खनाललाई प्रश्न गरेका थिए ।

प्रकाशित मिति : १४ फाल्गुन २०७५, मंगलबार  ५ : १३ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार