प्रियंका र आयुष्मान ‘महिनावारी स्वच्छता दूत’ « Khabarhub

प्रियंका र आयुष्मान ‘महिनावारी स्वच्छता दूत’


१४ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – खानेपानी मन्त्रालयले कलाकार प्रियंका कार्की र आयुष्मान देशराज जोशीलाई महिनावारी हुँदा भोग्नुपरेको समस्यासम्बन्धी जनचेतना जगाउन सहयोग पु–याउने भन्दै ‘महिनावारी स्वच्छता दूत’ नियुक्त गरेको छ । मन्त्रालय र आयंका फाउन्डेनका तर्फबाट प्रियंका र आयुष्मानले मन्त्रालयसँग यस्तो सहमति गरेका हुन् ।

सहमति अनुसार उनीहरु एक वर्षका लागि स्वच्छता दूत रहनेछन् । खानेपानी मन्त्री विना मगरले दूत नियुक्ति गरिएको पत्र हस्तान्तरण गरिन् ।

महिनावारीसम्बन्धी मान्छेमा रहेको नकारात्मक धारणालाई बदल्न मन्त्रालय र फाउन्डेसनले यस्तो अभियान थालेको हो ।

यता मन्त्री मगरले महिलाहरुले महिनावारी हुँदा भोग्ने समस्याको जनचेतना फैलाउन कलाकारको भूमिका उत्तिकै महत्त्वपूर्ण हुने भन्दै अभियानका लागि शुभकामना दिइन् । साथै उनले महिनावारीबारे सबैले सकारात्मक सोच राख्नुपर्ने पनि बताइन् ।

प्रियंका र आयुष्मानले धनुषाबाट यो अभिनयानको शुरुवात गर्ने बताए । उनीहरुले ६ वटा महिलामैत्री शौचालय बनाउने र किशोरीहरुलाई सेनेटरी प्याडसमेत प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित मिति : १४ फाल्गुन २०७५, मंगलबार  ५ : ४५ बजे

आजको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

झापामा पेट्रोलियम पदार्थको अभाव छैन : आयल निगम

झापा– चाडबाडका समयमा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन

च्याम्पियन्स लिग : लिलमाथि आर्सनलको सहज जित

काठमाडौँ– यूईएफए च्याम्पियन्स लिग फुटबलमा आर्सनलले सहज जित निकालेको छ

सेवाग्राहीको भौतिक उपस्थिति बिना नै प्रशासनको सेवा

खोटाङ– जिल्ला प्रशासन कार्यालय खोटाङले सेवाग्राहीको भौतिक उपस्थिति बिना नै

विदेशमा जीवन, नेपालमा कलाकारिता : कलाकार जो वर्षौंपछि पर्दामा फर्किए

कुनै समय नेपाली फिल्मको पर्दामा लगातार देखिने कलाकार अहिले कहाँ