काठमाडौं– सिंहदरबार वैद्यखाना विकास समितको प्रबन्ध निर्देशकमा डा. वंशदीप खरेलले पुनर्बहाली गरेका छन् ।
आइतबार सर्वोच्च अदालतले खरेललाई प्रबन्ध निर्देशकमा पुनर्बहाली गर्न आदेश दिएपछि उनले मंगलबारबाट वैद्याखानाको जिम्मेवारी पुन सम्हालेका हुन् ।
२०७३ साल फागुन १७ गतेको मन्त्रिपरिषद्काे वैठकले खरेललाई वैद्यखानाको प्रबन्ध निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको थियो । उनको कार्यकाल ४ वर्षको भएपनि सरकार परिवर्तन भएपछि २०७५ भनौं २५ गतेको मन्त्रिस्तरीय निर्णयले खरेललाई पदबाट हटाउने निर्णय गरेको थियो ।
असोज ९ गते आफुलाई पदमुक्त गरेको पत्र पाएपछि डा खरेल असोज १२ गते सर्वोच्च अदालत गएका थिए ।
डा खरेलले रिट निवेदन हालेको ५ महिनापछि सर्वोच्चले आइतबार अन्तिम फैसाला गर्दै उनको मागदावी बमोजिन पुनर्बहाली गर्न सरकारलाई आदेश दिएको हो ।
सर्वोच्चको आदेशअनुसार पत्र पाएपछि डा. खरेलले मंगलबारबाट जिम्मेवारीमा फर्किएका हुन् ।
प्रतिक्रिया