सर्वोच्चको फैसला पछि वैद्यखानामा डा खरेलको पुनर्बहाली « Khabarhub

सर्वोच्चको फैसला पछि वैद्यखानामा डा खरेलको पुनर्बहाली


१४ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सिंहदरबार वैद्यखाना विकास समितको प्रबन्ध निर्देशकमा डा. वंशदीप खरेलले पुनर्बहाली गरेका छन् ।

आइतबार सर्वोच्च अदालतले खरेललाई प्रबन्ध निर्देशकमा पुनर्बहाली गर्न आदेश दिएपछि उनले मंगलबारबाट वैद्याखानाको जिम्मेवारी पुन सम्हालेका हुन् ।

२०७३ साल फागुन १७ गतेको मन्त्रिपरिषद्‍काे वैठकले खरेललाई वैद्यखानाको प्रबन्ध निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको थियो । उनको कार्यकाल ४ वर्षको भएपनि सरकार परिवर्तन भएपछि २०७५ भनौं २५ गतेको मन्त्रिस्तरीय निर्णयले खरेललाई पदबाट हटाउने निर्णय गरेको थियो ।

असोज ९ गते आफुलाई पदमुक्त गरेको पत्र पाएपछि डा खरेल असोज १२ गते सर्वोच्च अदालत गएका थिए ।

डा खरेलले रिट निवेदन हालेको ५ महिनापछि सर्वोच्चले आइतबार अन्तिम फैसाला गर्दै उनको मागदावी बमोजिन पुनर्बहाली गर्न सरकारलाई आदेश दिएको हो ।

सर्वोच्चको आदेशअनुसार पत्र पाएपछि डा. खरेलले मंगलबारबाट जिम्मेवारीमा फर्किएका हुन् ।

प्रकाशित मिति : १४ फाल्गुन २०७५, मंगलबार  ५ : ३२ बजे

महिलाको चरित्र हत्या गर्ने तीन महिला पक्राउ

काठमाडौँ – महिला चरित्रहत्या गरेको आरोपमा प्रहरीको साइबर ब्यूरोले तीन

सुडानमा सुन खानी भत्किँदा १० जनाको मृत्यु

एजेन्सी – सुडानको उत्तरी राज्यमा बिहीबार सुनखानीमा पहिरो जाँदा (भत्किँदा)

उम्मेद्वारबारे जानकारी दिन रास्वपाले पत्रकार सम्मेलन गर्दै

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपनिर्वाचन लड्ने उम्मेदवारको विषयमा

सुराकीको नाममा खर्च गर्ने प्रणाली खारेज

काठमाडौँ – उपप्रधानमन्त्रीसमेत रहेका नवनियुक्त गृहमन्त्री नारायणकाजी श्रेष्ठले मन्त्री र

टाटासुमो दुर्घटना हुँदा दुईको निधन, एघार घाइते

काठमाडौँ – नुवाकोटको दुप्चेश्वर गाउँपालिका–४ बेतिनीमा आज टाटासुमो दुर्घटना हुँदा