उमेर अनुसार कति समय सुत्नु स्वास्थ्यका लागि फाइदा ? « Khabarhub

उमेर अनुसार कति समय सुत्नु स्वास्थ्यका लागि फाइदा ?


१४ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शरीरलाई स्वस्थ्य राख्नको लागि स्वास्थ्य खानपानसँगै निन्द्रा पनि महत्वपूर्ण हुन्छ । अनिदोका कारण मानिस स्वास्थ्य रहन सक्दैनन् ।  शरीरलाई क्रियाशील र स्वास्थ्य राख्नको लागि खानपानसँगै पर्याप्त आरामको पनि जरुरी पर्छ । यदि शरीरले पर्याप्त मात्रामा आराम पाएनभने हामीले दैनिक गर्ने कामहरुमा प्रत्यक्ष रुपमा असर पर्न सक्छ ।

कुनै रात राम्रोसँग निन्द्रा परेन भने भोलिपल्टको तपाईको दिन पनि निश्क्रिय हुनसक्छ । रातभरको अनिदोपछि तपाई काममा जानुभयो भने राम्रोसँग काममा ध्यान दिन सक्नुहुन्न । त्यसैले आफ्नो नियमित कार्यलाई सफल बनाउन आवश्यकता अनुसार निन्दा पुग्नेगरी सुत्नुपर्छ । तर त्यो पर्याप्त समय भनेको कति हो ? कति घण्टा सुत्दा शरीर स्वास्थ्य रहन्छ ? भन्ने धेरैको जिज्ञासा हुनसक्छ ।

अमेरीकाको नेशनल स्लीप फाउन्डेसनले गरेको एक अध्ययनका अनुसार निन्द्रा पूरा हुने समय मानिसको उमेरमा भरपर्छ । जस्तो एक वयस्क व्यक्ति स्वस्थ्य रहनको लागि २४ घण्टामा ९ घण्टा आरामसँग निदाउनु आवश्यक हुन्छ ।

२४ घण्टामा कुन उमेरका व्यक्तिले कति समय सुत्ने ?

३ महिनासम्मको नवजात शिशुले १४ देखि १७ घण्टा सुत्नुपर्छ ।

४ देखि ११ महिनाको बालबालिकाले १२ देखि १५ घण्टा सुन्तुपर्छ ।

१ देखि २ वर्षको बालबालिकाले ११ देखि १४ घण्टा सुत्नुपर्छ ।

३ देखी ५ वर्षको बालबालिकाले १० देखि १३ घण्टा सुत्नुपर्छ ।

६ देखि १३ वर्षको बालबालिकाले ९ देखि ११ घण्टा सुत्नुपर्छ ।

१४ देखि १७ वर्षको किशोर – किशोरीले ८ देखि १० घण्टा सुत्नुपर्छ ।

१८ देखि २५ वर्षका युवा युवतीले ७ देखि ९ घन्टा सुत्नु आवश्यक छ ।

२६ वर्षदेखि ६४ वर्षका वयस्यकले ७ देखि ९ घन्टा सुत्नुपर्छ ।

६५ वर्षका वृद्धवृदालाई दैनिक ७ देखि ८ घन्टा सुत्दा पर्याप्त हुन्छ ।

र गर्भवती महिला राती ८ घन्टा र दिनमा दुई घन्टा अनिवार्य सुत्नु पर्छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०७५, मंगलबार  ७ : ३५ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको