सहमति जुट्न नसकेपछि काँग्रेस बैठक स्थगित « Khabarhub

सहमति जुट्न नसकेपछि काँग्रेस बैठक स्थगित


१४ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली काँग्रेस केन्द्रीय कार्य समितिको बैठक स्थगित भएको छ । निर्वाचन समिति र अनुशासन समिति गठनका लागि मंगलबार पार्टी केन्द्रीय कार्यालय, सानेपामा बोलाइएको बैठक स्थगित गरिएको हो ।  दुवै समिति गठनमा अधिकतम सहमति जुटाउन थप समय आवश्यक रहेकाले बैठक स्थगित गरिएको पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

मंगलबार पार्टी सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलाबीच दुवै समिति गठनमा अधिकतम सहमति जुटाउन प्रयास गर्ने सहमति भएपछि बैठक स्थगित गरिएको हो । आइतबार बहुमतको आधारमा विधान पारित भएपछि वरिष्ठ नेता पौडेल र नेता सिटौला पक्ष सभापति देउवासँग चिढिएका थिए ।

दुवै पक्षले सहमतिको आधारमा दुवै समिति गठन नगरे केन्द्रीय कार्य समिति बैठक बहिष्कार गर्ने चेतावनी दिएपछि बैठक अन्तिम समयमा आएर स्थगित गरिएको हो । शीर्ष तहको बैठकमा सभापति देउवाले निर्वाचन समिति र अनुशासन समिति गठन कार्यलाई सर्वसम्मति मै टुंग्याउने प्रतिवद्धता जनाएका थिए ।

प्रवक्ता शर्माले पार्टीको निर्णयलाई सहमतिकै आधारमा अघि बढाउन आवश्यक गृहकार्य गरेपछि केन्द्रीय कार्य समितिको अर्को बैठक बोलाउने पनि जानकारी दिए । पार्टीको औंपचारिक कार्यक्रमलाई ध्यानमा राखेर पनि अव बस्ने केन्द्रीय कार्य समिति बैठकको टुंगो लगाउने नेपाली काँग्रेसले जनाएको छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०७५, मंगलबार  ६ : ३० बजे

सभापति थापाले गरे पदभार ग्रहण

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पदभार ग्रहण गरेका

शङ्कास्पद अवस्थामा हर्कु राईको शव फेला, पाँच युवा प्रहरी नियन्त्रणमा

खोटाङ- खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका ५२ वर्षीय हर्कु राईको

दाना–खुर्कोट प्रशारण लाइन मर्मत अन्तिम चरणमा

म्याग्दी- असोजको दोस्रो साता आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानले

एनपीएलले आईसीसीको मान्यता पाएसँगै नेपाली क्रिकेट अन्तर्राष्ट्रिय स्तरमा : क्यान

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)ले आईसीसीबाट

छ सय वर्ष पुरानो खड्गदेवीमा भक्तजनको भीड

दमौली (तनहुँ)- तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा रहेको प्रसिद्ध खड्गदेवी मन्दिरमा